logo

एक बर्षमा २२ ओटा कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, ३ कम्पनीको निष्कासन मिति तय हुन बाँकी

    1351   पटक पढिएको


६ साउन/अर्थ र व्यापार– नेपाल धितोपत्र बोर्डले गत आव २०७७/७८ मा २२ ओटा कम्पनीले आईपीओ निष्कासनको अनुमति दिएको छ ।

गत आवमा आईपीओ निष्कासनको अनुमति पाएका कम्पनीहरु मध्ये आठ ओटा हाइड्रोपावर, पाँच ओटा माइक्रोफाइनान्स, सात ओटा इन्स्योरेन्स कम्पनी, एउटा बैंकिङ र एउटा अन्य क्षेत्रका कम्पनी रहेका छन् ।

२२ ओटा कम्पनीले कुल रू.१५ अर्ब १७ करोड ८३ लाख २८ हजार ७०० बराबरको १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । 

धितोपत्र बोर्डबाट स्वीकृती पाएका अधिकांश कम्पनीहरुले आईपीओ निष्कासन गरिरहेका छन् । भने आवको अन्त्यमा आईपीओ निष्कासन गर्न स्वीकृती पाएका ३ कम्पनी सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीको मिति तय हुन बाँकी छ । 

गत आवमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पहिलो पटक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई रू. ६३ करोड बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।

गत आवमा सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रू.८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन अनुमती पाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।