४ साउन/अर्थ र व्यापार– सामलिङ पावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
आईपीओे निष्कासन गर्न असार ३१ गते धितोपत्र बोर्डबाट अनुमति पाएसंगै कम्पनीले १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन पश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
सामलिङ पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
तपाईको प्रतिक्रिया