logo

एक अर्ब लगानीमा वीरगञ्जमा खुल्यो चार तारे रिसोर्ट 

    2455   पटक पढिएको


३ पुस/अर्थ र व्यापार– वीरगञ्जमा एक अर्ब रुपैयाँको लागानीमा चार तारे रिसोर्ट क्लर्क्स सञ्चालनमा आएको छ।

हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालिले वीरगञ्जको गण्डकमा क्लर्क्स रिसोर्ट सञ्चालनमा ल्याएको हो । रिसोर्टको व्यवस्थापन भारतको होटेल चेन क्लर्क्सले गरेको छ । 

हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालिका अध्यक्ष सुनीलकुमार खेतानले क्लर्क्सको भारतबाहिर यो पहिलो फ्रेन्चाइज रिसोर्ट भएको बताए । 

खेतानले अहिले आंशिक रुपमा सञ्चालन भएको रिसोर्ट आगामी वर्षको दीपावलीदेखि पूर्ण क्षमतामा चल्ने बताए। २ विगाह क्षेत्रफलमा खुलेको रिसोर्टमा अहिले ३ ओटा ब्याङ्क्वेट, ३ ओटा कन्भेन्सल हल र रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

रिसोर्टलाई निकट भविष्यमै पाँच तारे पूर्वाधारमा स्तरोन्नति गर्ने कम्पनीको योजना छ । ६० कोठासहितको संरचनामा तयार भइरहेको रिसोर्टमा ४ एक्जुक्युटिभ सुइट, ८÷८ ओटा एक्जुक्युटिभ र सुइट कोठा, १६ ट्वीन र २ दर्जन किंग रुम हुनेछन् ।

रिसोर्टमा स्विमिंग पुल, जिम, साउना, बार, रेष्टुरेन्ट, लन्ज, क्यासिनो, २५० जना क्षमताका ओपेन एयर थियेटर, ओपेन एयर रेष्टुरेन्ट र २ हजार जना क्षमताको ब्यांक्वेट लगायतका सुविधा रहेको छ । 

रिसोर्टले वीरगञ्ज तथा छिमेकी भारतका ग्राहकलाई लक्षित गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।