logo

उद्योग परिसंघमा सात उपाध्यक्ष चयन, अधिकांस युवा व्यवसायी

    2761   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार– नेपाल उद्योग परिसंघमा सात जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको १८औं वार्षिक साधारणभाबाट चयन भएका ३७ जना राष्ट्रिय परिषद सदस्यमध्येबाट सात उपाध्यक्ष चयन गरिएको हो ।

परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भइसकेका छन् । उपाध्यक्षको आकांक्षी धेरै हुँदा उपाध्यक्ष चयनमा सहमतिमा मिलाउन निकै सकस भएको थियो ।

अन्तत परिसंघमा उपाध्यक्ष चयनको छिनोफानो भएको छ । उपाध्यक्षमा चयन भएका सबैजसो युवापुस्ताका व्यवसायी रहेका छन् ।
परिसंघको उपाध्यक्षमा आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता चयन भएका छन् ।

त्यसैगरी, अन्य उपाध्यक्षहरुमा नेपाल आदर्श निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल र चितवनका उद्योगी कृष्णप्रसाद अधिकारी रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।