१९ साउन/अर्थ र व्यापार– प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।
कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई उक्त पदमा दोहो¥याउन अस्वीकार गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कामु तोकेको थियो । पछि ओली सरकारले शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।
तपाईको प्रतिक्रिया