१६ असार/अर्थ र व्यापार– ङादी ग्रुप पावर कम्पनी लिमिटेडको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले शैलेन्द्र गुरागाईंलाई अध्यक्षमा नियुक्त गरेको छ ।
कम्पनीको यसभन्दा अगाडिका अध्यक्ष डा भोगेन्द्र कुमार गुरागाईंले व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट दिएको राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा कम्पनीले गुरागाईंलाई नियुक्त गरेको हो ।
सञ्चालक समितिको बैठकले यसभन्दा अगाडिका अध्यक्ष डा भोगेन्द्र कुमार गुरागाइको राजिनामा पनि स्विकृत गरेको छ ।
तपाईको प्रतिक्रिया