२९ पुस/अर्थ र व्यापार– हिमालयन डिस्टिलरी लिमिटेडको २० औं वार्षिक साधारणसभा आज कम्पनीको पर्सा वीरगन्जस्थित पिनीबिर्तामा रहेको रजिस्टर्ड कार्यालयमा डाकेको छ ।
कम्पनीले यसअघि प्रस्ताव गरेको बम्पर लाभांश अनुमोदन गर्न आज पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी १०० प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
लाभांश र सभा प्रयोजनाका लागि कम्पनीले गत पुस १७ गते बुक क्लोज गरिसकेको हुँदा पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीले घोषणा गरेको लभांश र सभामा भाग लिन पाउने छन् ।
तपाईको प्रतिक्रिया