१४ साउन/अर्थ र व्यापार– योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले कोभिड र बाढीपहिरोको प्रभावमा केन्द्रित भई योजना बनाउने बताएका छन् ।
बिहीबार सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएको हो ।
पौडेलले योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको भन्दै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने तथा अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने बताए ।
उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोका केन्द्रित भई योजना बनाउनुका साथै आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा समेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया