८ साउन/अर्थ र व्यापार– कृषि विकास बैंकको बैंकिङ सेवा आज शुक्रवार दिउँसो २ः३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बन्द हुने भएको छ ।
बैंकले हाल सञ्चालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले आज शुक्रवार दिउँसो २ः३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जानकारी गराएको छ ।
बैंकले एक सुचना जारी गर्दै यस अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, क्रेडिट कार्ड लगायत सबै सेवा बन्द हुने जनाएको छ ।
तपाईको प्रतिक्रिया