logo

निरन्तरको संघर्षले सफल बनेका उप्रेती

ओम प्रसाद उप्रेती,सञ्चालक, डीस्कभरी रोयल स्पोर्ट एल एल सी 

    2570   पटक पढिएको

१९ जेठ/ अर्थ र व्यापार- वि.सं. २०३७ साल जेष्ठ २९ मा हालको चितवन खैरेनी नगरपालिका वडा नं. १२ मा  जन्मिएका ओम प्रसाद उप्रेती को वाल्यकाल कठिनाई र अभाव बाट नै गुज्रियो । आज तिनै ओम प्रसाद उप्रेतीलाई व्यवसायिक संलग्नताको आधारमा मानिसहरुले फरक–फÞरक ढंगले  चिने पनि सवैले चिन्ने उनको साझा पहिचान भने एउटै छ, त्यो हो– निरन्तरको परिश्रम र संघर्षका कारण सफल बनेको एक व्यक्ति ।

ग्रामीण बस्ती, निम्न वर्गीय परिवार,त्यसमाथि नौ जना दाजुभाइ रहेको परिवारमा जन्मिएका उप्रेतीका लागी खाली बुवा एकजनाको खेतीपातीको कमाईले परिवार पालिनै मुस्किल थियो । उनका संघर्षका दिनलाई फर्केर हेर्ने हो भने निकै पिडादायी र असहज छन । सानै देखि निर्णय लिन सक्ने, दुःख लाई कसरी पार लगाउने, पैसा कसरी आर्जन गर्ने, जीवनलाई कसरी सहज ढंगले अगाडी बढाउने भन्ने जस्ता कुरामा उनी निरन्तर दिमाग घुमाईरहन्थे ।

त्यसबखत चितवनका अधिकांश मानिसहरु रोजगारको लागी बीरगञ्ज जाने गर्थे, उनी पनि १० बर्षको उमेरमै घर छोडेर रोजगारीको लागी बीरगञ्ज गए र होटलमा काम गर्न थाले, त्यो पनि मासिक २ रुपैयाँमा । त्यो दुई रुपैयाँ त्यतिवेलाकै हो । त्यहि घटनाले नै उनको जीवनमा परिवर्तन ल्याईदियो । धेरै मानिस आँफु सफल भएपछि आफ्नो बाल्यकाल र विगत बिर्सन्छन,तर उप्रती तीनै विषयले आनन्दित हुन्छन । गरिवको कोखमा जन्मिएँ वा धनीको कोखमा, उनलाई कहिल्यै त्यस्तो लागेन वरु बाल्यकाल सम्झदा झन रमाइलो लाग्छ उनलाई । सबैले आफ्नो विगत र अभावका दिन सम्झन्छन भन्ने छैन तर ती दिनहरु सम्झँदा उप्रेतीको आँखाभरी भने खुशीको आँशु छचल्किन्छन ।

दश वर्षको उमेरमै चितवन छाडेका उनी पछि काठ्माण्डौंमा हुर्के र बढे । आत्मविश्वासी स्वभावका उनी जतिसुकै कठिन परिस्थती आए पनि सामना गर्छु भन्ने निर्णय गरेरै काठमाण्डौं छिरेका थिए । उनले जीवनमा भोगेका विभिन्न परिस्थितिले नै आजको दिन सम्भव भएको उनको ठम्याई छ । त्यसैले त उनलाई नजिक बाट चिन्ने मानिसहरुले उनलाई “सेल्फÞ मेड म्यान” अर्थात आफ्नै मेहनतले सफल भएको मानिस भनेर भन्ने गरेको उनी वताउँछन ।

एक छोराका वावु उनले भोग्नुपरेको बाध्यात्मक र अभावको अवस्थाको सानो छनक पनि आफ्नो परिवार लाई दिएका छैनन । उनले आफ्नो छोरालाई युएईमा लक्जÞरी सेवा सुबिधा दिएका  छन् । युएईको सबैभन्दा मंहगो विद्यालयमा पढाएका छन् । उनको छोरा जेम्स् वईलटोनमा कक्षा १० मा पढ्छन् । आफ्नै मेहनत र निरन्तरको संघर्षका कारण निम्न परिवारका ओम प्रसाद ऊप्रेती आज करोडौंका मालिक छन् । उनले यो सब तिनै हण्डर खाएर पाएको सफलता हो । 

काठमाण्डौंको नन्दी माध्यमिक विद्यालय बाट विद्यालय शिक्षा पुरा गरेका उनले विभिन्न अभावहरू संग जुध्ने क्रममा नेपालमा होटल लगायत अन्य क्षेत्रमा धेरै काम गरे । देशभित्र गरेका कामबाट सन्तुष्ट हुन नसकेर मुम्बई गएर आफ्नै दाईको सहयोगमा होटल कुक ट्रेनिङ लिएका उनी २०५५ सालमा युएईको एक प्रतिष्ठीत व्यापारी अरवीको घरमा कुकको लागी आईपुगेका थिए । सुरुदेखि नै उनी आफ्नो भविष्य बनाउने सपना देख्थे । देशभित्र अवसर नपाएपछि बिदेशमा नै भविष्य छ भन्ने ठान्न पुगेका उनले आज त्यो सपनालाई साकार पारेका छन् । उनको सफलताको पछाडी आफ्नी श्रीमतीको निकै ठुलो साथ रहेको उनको अनुभव छ । आज उनी आँफुले कमाएको पैसा भन्दा पनि कमाएको ईज्जतमा धेरै खुशी छन् ।

सानै देखी खेलकूद क्षेत्रमा रूची राख्ने उनले अन्तर्राष्ट्रिय स्वीमडग ट्रेनीङ कोर्स लण्डनको  लीभरपुल सीटी बाट २०१४ अप्रीलमा प्रशिक्षकको कोर्ष पुरा गरेको छन् । दुबई जस्तो अत्याधिक धेरै नियम कानुन भएको ठाऊमा उनी पढाउँछन,त्यो पनि उद्धार सम्बन्धि सीपीआर फस्डएड विषय । आज यहाँका मान्छेलाई उनको एउटा हस्ताक्षरले प्रमाणित गरिदिँदा उनीहरुले रोजÞगारी पाउँछन् ।

हाल डीस्कभरी रोयल स्पोर्ट एल एल सी कम्पनी सञ्चालन गरिरहेका उनले १ करोड लगानीमा व्यवसाय सुरू गरेका थिए । उनको हालको व्यवसाय भनेको स्वीमीड्ग लाईफÞ गार्ड (सुरक्षा गार्ड) उत्पादन गर्नु हो । आफ्नो कम्पनीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्न दुवैको म्युनिसिपालीटी सँग सहकार्य भएको र यसलाई तत्कालै युएईको दोस्रो कम्पनी बनाउने उनको तत्कालको योजना छ । यसमा उनलाई गर्व छ । त्यसो त उनलाई हिजो दिनमा युएईमा काम गर्दा पनि अभाव नभएको होईन तर निरन्तरको मेहनतले आज उनी यो स्थानमा आईपुगेका छन ।

“अहिले युएईमा जति पनि युवाहरू छन्,उनीहरू महिना सकिने वित्तिकै घरमा पैसा पठाउन र जग्गा किन्न,घर बनाउन हतार गर्छन,तर यो देशमा केही सीप सिक्नुपर्छ, भोली तपाई  हरेक ठाउँमा जाँदा सफल हुनुहुन्छ”–उप्रेतीको सुझाव छ । अव नेपालमा रेस्क्यु सम्बन्धी  च्यारीटी गर्ने र हरेक ठाउँमा सीपसुलक तालीम दिने उनको योजना छ । गाऊँ घरमा जस्तै –सर्पले टोक्दा,करेन्ट लाग्दा,छारे रोग लाग्दा, बेहोस हँुदा, वीस सेवन गर्दा के गर्ने भन्ने विषयमा नेपालका गाउँघरमा शिक्षा दिने उनको योजना छ । 
पछिल्लो समय नेपालीहरुको लगानी युएईमा बढिरहेको उनको अनुभव छ । युएई अन्र्तर्राष्ट्रिय नेटवर्किङ भएको,मुनाफÞा बढ़ी भएको र व्यापारका लागी स्वतन्त्र ठाउँ भएका कारण यसो हुन पुगेको उनको अनुभव छ । व्यवसायमा हरेक दिन सफलताको सीँडी चढिरहेका छन् । व्यवसायको अलावा आफ्नो मातृभुमीमा अनाथालय स्थापना र बिशेष गरी सडक बालबालिकाको लागी बिशेष सहयोग गर्दै आएका छन । हाल उनले युएईमा ५० जना नेपालीलाई रोजगारी दिईरहेका छन् ।

आज पनि उनी आँफुलाई सफल बनिसकेको मान्दैनन, खाली सफलताको वाटोमा दौडिरहेको व्यक्ति मात्र  भन्न रुचाउँछन । सफल व्यवसायि हुनका लागी पहिलो कुरा समय,त्यसपछि मेहनत हो भन्ने उनको बुझाई रहेको छ । त्यसबाहेक आँफुलाई जुन क्षेत्रको ज्ञान छ,त्यहि क्षेत्रमा व्यवसाय गर्दा सफल भईन्छ भन्ने उनलाई लाग्छ । जस्तो कि उनलाई स्पोर्टमा रुचि र ज्ञान दुवै भएकोले उनले स्वमिङ र रेस्क्यु विजनेश रोजे र यहि क्षेत्रमा सफल व्यवसायि बने ।

आगामी दिनमा दुवईमा यो व्यवसायमा अझ धेरै फाईदा हुने सम्भावना उनले देखेका छन । हाल दुवैमा नया सहर बन्दै हुनु, अपार्टमेन्ट धेरै बन्दै जानु नै यसको कारण भएको उनले वताए । आज भन्दा दुई वर्ष अगाडी लाईफÞ गार्ड २ हजार रहेकोमा अहिले बढेर ६ हजार   पुगेका छन । त्यसो त नेपालमा पनि अहिले हरेक सहरमा स्विमिङ पुल बनिराखेका छन् । भोली सरकारले हरेक पुलमा सुरक्षागार्ड चाहिने नियम ल्याउनसक्ने र ल्याउनुपर्ने उनको धारणा छ । भोली नेपालमा पनि यो व्यवसायको भविष्य राम्रो देख्छन उनी ।

नेपालमा अहिले पनि सामान्य दुर्घटना हुँदां रगत वगेमा के गर्ने भन्ने सामान्य प्राथामिक ऊपचारको ज्ञान पनि नहुँदा अकालमा धेरैले ज्यान गुमाईरहेका छन । गाउँ–गाउँमा तालिम दिन सके कसैले पनि अकालमा ज्यान गुमाउनु नपर्ने उनको धारणा छ । 
युएई वाहेक उनी छिट्टै आफ्नो व्यवसाय विस्तार गर्दैछन । छिट्टै भारतमा र त्यसपछि नेपालमा व्यवसाय विस्तार गर्ने योजना रहेको उनले वताए ।

व्यवसायको सिलसिलामा विदेशमा बस्नुपरेपनि मातृभुमि प्रतिको आफ्नो दायित्व यिनले विर्सेका छैनन । उनले गाउँमा १ कठ्ठा जÞमिन ( १० लाख बराबर) र नगद ३ लाख सहयोग गरेर कपीलेश्वर महादेव  मन्दिर निर्माण गरिदिएका छन, जुन उनको वुवाको सपना थियो । आफुँ जहाँ रहे पनि मातृभुमि र मातृभुमिको सेवामा निरन्तर लागीरहने उनको धारणा छ ।
 प्रस्तुती : राजु थापा

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।