logo

एक वर्षमा आयल निगम १३ अर्ब नाफामा

    2571   पटक पढिएको

१३ पुस/अर्थ र व्यापार– नेपाल आयल निगमले एक वर्षको अवधिमा रू. १२ अर्ब ८७ करोड नाफा कमाएको छ । लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार कोभिड–१९प्रभाव र गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीकाबीच समग्रमा पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गर्न सफल भएको हो ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात हुँदा ढुवानी रकम बचत हुनु,का अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी, अन्तरराष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढेको बताए । 

दश महीनाको अवधिमा निगमले पाइपलाइनबाट डिजेल ढुवानी गर्दा रू. १ अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । भने गत वर्षको नाफा रकमको बैंक ब्याजबाट मात्रै १ अर्ब ७७ करोड आम्दानी भएको निगमको जानकारी दिएको छ ।

निगमले आव २०७२/७३ मा रू. १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा रू. ९ अर्ब ४५ करोड, २०७४/७५ मा रू.तीन अर्ब ५८ करोड, २०७५/७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रू. १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले गत आवमा सरकारलाई रू. ६६ अर्ब ८८ करोड राजस्व बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।