logo

पूर्वप्रधानमन्त्री भट्टराईले खुलामञ्चमा सर्वसाधारणलाई खाना खुवाए

    1486   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा सर्वसाधारणलाई खाना खुवाएका छन्।  

कोरोना महामारीका कारण रोजीरोटी गुमाई अलपत्र परेकाहरुलाई खाना खुवाउन पूर्वप्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमीसंगै बुधबार काठमाडौंकोे खुलामञ्चमा पुगेका हुन्। 

भट्टराईले खाना बाड्ने क्रममा सर्वसाधरणसंग कुराकानी पनि गरे। करिव आधा घण्टा खुल्लामञ्चमा बिताएका भट्टराईले सर्वसाधरणलाई दाल, तरकारी र खाना आफैले बाडेका थिए।

कोरोना महामारी सुरु भएयता काठमाडौं खुल्लामञ्चमा विभिन्न संघसंस्थाहरुको सक्रिय सहभागितामा महामारीका कारण रोजीरोटी गुमाई अलपत्र परेकाहरुलाई खाना खुवाउने कार्य हुंदै आईरहेको छ। 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।