logo

गुण एयरलाइन्सले किन्यो यतीको पाँचवटा जेटस्ट्रिम जहाज 

    1638   पटक पढिएको


१५ असार/अर्थ र व्यापार– गुण एयरलाइन्सले यती एयरलाइन्सको पाँचवटा जेटस्ट्रिम  जहाज खरिद गरेको छ।

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले एक अर्बको लागतमा यती एयरलाइन्सको पाँचवटा जेटस्ट्रीम जहाज किनेर संचालनमा ल्याउन लागेका हुन् ।

यतीले सन् २००७ देखि भित्र्याएको सातवटा जेटस्ट्रिममध्ये दुईवटा जहाज फेजआउट गरिसकेको छ । गुण एयरलाइन्सले बाँकी पाँचवटै जेटस्ट्रीम जहाज किनेर सञ्चालनमा ल्याउन लागेको हो । 

यती एयरलाइन्सको उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आउँदो बिहीबारदेखि पाँचवटै जेटस्ट्रिममार्फत सेवा नदिने बताए । उनले निषेधाज्ञा खुकुलो भएसँगै अब यतीले आफूसँग भएको पाँचवटा एटिआर–७२ जहाजमार्फत नियमित उडान सञ्चालन गर्ने बताए ।

बर्तौलाले गुण र यतीबीच भएको सहमति अनुसार यही साता जहाज हस्तान्तरण गर्ने योजना रहेकोे पनि जानकारी दिए ।

सुरुवाती चरणमा यतीले गुणलाई जेटस्ट्रिम संचालनका लागि प्रविधिक तथा पाइलट, इन्जिनियर, एयरहोस्टेज लगायत जनशक्तिको व्यवस्थापनमा सहयोग गर्नेछ । यतीसंग पाँचवटा जहाज खरिद गरेसँगै गुणसँग भएको दुई बिचक्राफ्टसहित जहाज संख्या सात पुग्नेछ ।

कम्पनीले दुई वर्षभित्र दुई ट्विनअटर सिरिजका जहाज थप गरी नौवटा जहाजमार्फत सेवा दिने योजना बनाएको छ । 

यसअघि दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट गर्दै आएको कम्पनीले जहाज संख्या विस्तार गरिएसँगै जनकपुर, भद्रपुर, बिराटनगर, सिमरा, भरतपुर, नेपालगन्ज, तुम्लिङटार लगायतका विभिन्न गन्तव्यमा उडान सेवा बिस्तार गर्ने जनाएको छ । 


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।