logo

गुण एयरलाइन्सले किन्यो यतीको पाँचवटा जेटस्ट्रिम जहाज 

    1805   पटक पढिएको


१५ असार/अर्थ र व्यापार– गुण एयरलाइन्सले यती एयरलाइन्सको पाँचवटा जेटस्ट्रिम  जहाज खरिद गरेको छ।

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले एक अर्बको लागतमा यती एयरलाइन्सको पाँचवटा जेटस्ट्रीम जहाज किनेर संचालनमा ल्याउन लागेका हुन् ।

यतीले सन् २००७ देखि भित्र्याएको सातवटा जेटस्ट्रिममध्ये दुईवटा जहाज फेजआउट गरिसकेको छ । गुण एयरलाइन्सले बाँकी पाँचवटै जेटस्ट्रीम जहाज किनेर सञ्चालनमा ल्याउन लागेको हो । 

यती एयरलाइन्सको उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आउँदो बिहीबारदेखि पाँचवटै जेटस्ट्रिममार्फत सेवा नदिने बताए । उनले निषेधाज्ञा खुकुलो भएसँगै अब यतीले आफूसँग भएको पाँचवटा एटिआर–७२ जहाजमार्फत नियमित उडान सञ्चालन गर्ने बताए ।

बर्तौलाले गुण र यतीबीच भएको सहमति अनुसार यही साता जहाज हस्तान्तरण गर्ने योजना रहेकोे पनि जानकारी दिए ।

सुरुवाती चरणमा यतीले गुणलाई जेटस्ट्रिम संचालनका लागि प्रविधिक तथा पाइलट, इन्जिनियर, एयरहोस्टेज लगायत जनशक्तिको व्यवस्थापनमा सहयोग गर्नेछ । यतीसंग पाँचवटा जहाज खरिद गरेसँगै गुणसँग भएको दुई बिचक्राफ्टसहित जहाज संख्या सात पुग्नेछ ।

कम्पनीले दुई वर्षभित्र दुई ट्विनअटर सिरिजका जहाज थप गरी नौवटा जहाजमार्फत सेवा दिने योजना बनाएको छ । 

यसअघि दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट गर्दै आएको कम्पनीले जहाज संख्या विस्तार गरिएसँगै जनकपुर, भद्रपुर, बिराटनगर, सिमरा, भरतपुर, नेपालगन्ज, तुम्लिङटार लगायतका विभिन्न गन्तव्यमा उडान सेवा बिस्तार गर्ने जनाएको छ । 


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।