logo

विश्वका २० धनी र शक्ति सम्पन्न देशको बैठक सुरु हुँदै

    1657   पटक पढिएको

२३ असार / अर्थ र व्यापार – जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुग्ने क्रम सुरु भएको छ । उक्त सहरमा शुक्रबारदेखि सम्मेलन सुरु हुन लागेको छ । सम्मेलन भोलिसम्म सञ्चालन हुने छ । विश्वका नेताहरु शुक्रबार त्यहाँ पुग्ने क्रम सुरु भएको हो ।

यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देश सदस्य रहेका छन् । ती देशका नेता यहाँ जम्मा हुनुभएको हो । उनीहरुले विशेषगरी विश्वको वर्तमान आर्थिक अवस्था र एजेण्डका बारेमा छलफल गर्नेछन् ।

विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डका बारेमा सो सम्मेलनमा व्यापक मात्रामा छलफल हुने छ । तर ह्याम्बर्ग सहरमा भएको विरोध प्रदर्शनका क्रममा कैयौँ नागरिक घाइते भएका छन् । सो जि२० सम्मेलनको एजेण्डका विषयलाई लिएर यहाँ प्रदर्शन र झडप भएको छ । सो झडपमा परी दर्जनौँ व्यक्ति घाइते भएका समाचारमा छ । त्यस क्रममा १५ जना प्रहरी पनि घाइते भएका छन् । सो स्थानमा १२ हजार जना विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

बिहीबार साँझ सो झडप भएपछि शान्ति सुरक्षाको कडा व्यवस्था गरिएको छ । प्रहरीको सङ्ख्या बढाउनुको साथै यहाँ जम्मा हुन लागेका नेताहरुको सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ । सुरुमा शान्तिपुर्ण रुपमा जम्मा भएका प्रदर्शनकारीहरु पछि आक्रोषित बन्दा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीहरुले हातमा ईटा र ढुङ्गा बोकी जुलुशमा सहभागी भएका र सुरक्षाकर्मीमाथि ती वस्तुले आक्रमण गरेकाले परिस्थिति तनावपूर्ण भएको छ । 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।