logo

विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने खतरा

    889   पटक पढिएको

८माघ /अर्थ र व्यापार  - अमेरिका–चीन व्यापार विवाद, बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिगर्मन लगायतका गतिविधिका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने खतरा देखिएको अन्तराष्ट्रिय मुद्रा कोषले सोमबार प्रक्षेपण गरेको छ ।
मुद्रा कोषले करिब तीन महिना पहिले (गत वर्षको अक्टोबरमा) सार्वजनिक तथ्याङ्कमा विश्वव्यापी आर्थिक वृद्धि खस्किँदो अवस्थामा रहेको बताएको थियो ।

अन्तराष्ट्रिय आर्थिक प्रक्षेपणले सन् २०१९ को विश्वको कुल ग्राहस्थ उत्पादनमा ३.७ को वृद्धि हुने जनाइएकोमा सोमबार सार्वजनिक प्रक्षेपणमा थप कटौति गरी कुल ग्राहस्थ उत्पादनमा ३.५ मात्रले वृद्धि हुनसक्ने खतरा देखिएको जनाएको छ । मुद्रा कोषले सन् २०२० मा पनि आर्थिक वृद्धिदर मात्रै ३.६ प्रतिशत हुने अनुमान गरेको छ ।

विश्वव्यापी आर्थिक वृद्धिदरमा ह्रास आउनुमा एक महिना लामो अमेरिकी राष्ट्रपति र डेमोक्रेटिक पार्टीका सांसदहरूबीचको विवादका कारण संघीय कार्यालयहरूमा सेवामा अवरूद्धता, फ्रान्समा पहेलो पहिरनधारीको लामो हडताल, अमेरिका–चीन व्यापार विवाद, बेलायतको इयूबाट हुने बहिर्गमन प्रक्रियामा अन्योलता इटाली, जर्मनी र मेक्सिकोले भोग्नुपरेका आप्रबासी समस्याहरूका कारण आर्थिक वृद्धिदरमा ह्रास आउने देखिएको मुद्रा कोषको भनाइ रहेको छ ।

तथ्याङ्क अनुसार विश्वकै दुई ठूला अर्थतन्त्र अमेरिका र चीनमा पनि आर्थिक वृद्धिदरमा कटौति हुने देखिएको छ । अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा सन् २०१९ मा २.५ र सन् २०२० मा १.५ प्रतिशतको वृद्धि हुने बताइएको छ । त्यसैगरी चीनको आर्थिक वृद्धि दरमा ६.२ प्रतिशतको विस्तार हुने अनुमान मुद्रा कोषको छ ।

वल्र्ड इकोनोमिक आउटलुकले बेलायतमा सन् २०१९ मा आर्थिक वृद्धि १.५ प्रतिशत रहने देखाएको छ । यो तीन महिना पहिलेको तथ्याङ्कसँग दुरुस्तै रहेको छ । यद्यपि बहिर्गमन प्रक्रियामा देखिएको अन्यौल थप बढेमा यसको थप प्रभाव पर्ने र आर्थिक वृद्धिदरमा कमी आउने बताइएको छ ।

त्यसैगरी मेक्सिकोको आर्थिक वृद्धिदर गत बर्षको ०.५ रहेको र अघिल्लो बर्ष ०.४ रहेकोमा आगामी दुई बर्षमा २.१ र २.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । भेनेजुयलाको अवस्थामा आन्तरिक राजनीतिक विवादकै कारण थप सङ्कुचन आउने प्रक्षेपण गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।