logo

पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने

    1472   पटक पढिएको

१३ माघ / अर्थ र व्यापार - विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको छ ।

धार्मिक पर्यटनलाई नेपालको धार्मिक पर्यटन गतिविधिका रुपमा स्थापित गर्न पूजा सहयोगी हुने आयोजक नेपाल पर्वतारोहण संघ का अध्यक्ष शन्तवीर लामाले बताउनुभयो । उहाले भन्नुभयो, ‘पूजाले बुद्ध नेपालमै जन्मेको तथ्य स्थापित गर्न योगदान पुग्नेछ ।’

आयोजकका अनुसार, माघ २० गतेदेखि २२ सम्म आयोजना हुने पूजा लुम्बिनीबाट शुरु भइ पोखरा पुग्नेछ । आयोजकका अनुसार शान्तिद्धीप २० गते लुम्बिनीबाट पोखरा लगिनेछ ।

२० गते नै उक्त शान्तिद्धीपलाई पोखरा स्थित ह्याङ्जाको स्याक्या गुम्बामा हस्तान्तरण गरिने कार्यक्रम रहेको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । शान्तिद्धीपलाई २१ गते पोखरा नगर परिक्रमा गराई अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालमा हस्तान्तरण गरिने बताइएको छ ।

समापन समारोहमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने बताइएको छ । सोही दिन बुद्ध धर्म अनुसार महत्वपूर्ण मानिने लामा मुकुट नाच तथा क्याङ्यूर, तिङ्यूर दुई देखि तीन घण्टासम्म गरिने कार्यक्रम रहेको छ ।

उक्त दिन (फेबु्रअरी ५) मा अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको १७ औं स्थापना दिवस पनि भएकाले प्रमुख अतिथी अध्यक्ष दाहालले झन्डोक्तलन गर्नुहुने तथा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट थान्का फहराई विश्व शान्तिको कामना गरिनेछ ।

कार्यतालिका अनुसार अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको १७ औं स्थापना दिवसका अवसरमा केक काट्ने तथा धार्मिक पर्यटनको महत्वारे कार्यपत्र समेत प्रस्तुत गरिने संघले जनाएको छ ।
समापन कार्यक्रममा विश्व शान्ति पूजाको अवसरमा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट अभिशेष (वाङ थाप्ने) कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।