logo

३० लाख खर्चेर बालाजु बाइसधारा पार्कका लागि मास्टर प्लान बन्दै

    2640   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – २०७२ बैशाखमा गएको भुकम्पपछि बालाजु बाइसधारा पार्कको शोभा हराएको छ । बाईसधाराको मुहार फेर्ने गरी काठमाडौं महानगरपालिकाले नयाँ योजना बनाइरहेको छ । योजना अनुसार काम भएमा बाइसधारा छिट्टै नै लोभलाग्दो पर्यटकीय पार्क बन्नेछ ।

महानगरपालिकाले ३० लाख रुपैयाँ खर्चेर पार्ककालागि  मास्टर प्लान बनाउन सुरु गरेको छ । मंसिरसम्म पार्कका लागि आवश्यक बृहत प्लान बन्छ र ठेक्का मार्फत निर्माण कार्य अघि बढाइनेछ । पार्कको डिजाइन समेत मंसिरसम्ममा बन्ने भएकाले अहिले नै पार्क यस्तै बन्छ भन्न नसकिने तर प्रारम्भिक योजनाअनुसार सुविधा सम्पन्न आधुनिक भौतिक संरचना भएको पार्क बन्ने छ । 

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पदबहाली गरेको सय दिनमा पत्रकार सम्मेलन मार्फत बालाजु लगायतका पार्कहरुलाई फ्रि वाइफाइ जोन बनाउने दावी गरेका थिए । त्यसैगरी मेयर शाक्यले उद्यानहरुको मर्मत,सम्भारको काम तिव्र गतिमा अघि बढाइएको  र उचित बजेट समेत छुट्याएको बताएका थिए ।

भुकम्पले क्षति पुर्याएको बालाजु पार्कको पूनर्निर्माण धमाधम भैरहेको छ । २ करोड रुपैयाँको लागतमा पुनर्निर्माणको काम भैरहेको छ । पहिलो चरणमा पार्कको वरिपरिको भत्किएको कम्पाउण्डको पुनर्निर्माण  सकिएको छ । त्यस्तै उप्किएका ट्रायलहरु मर्मत र क्षति पुगेका ठाउँहरुको मर्मत समेत लगभग सकिन लागेको छ । आर्थिक बर्ष २०७४/०७५ कालागि पनि महानगरले उद्यान मर्मत सम्भारका लागि २ करोड ११ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

त्यसैगरी पार्कभित्र स्विमिङ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएपछि उक्त स्विमिङ पुल कुनै फाइभ स्टार होटलको भन्दा कम नहुने छ । स्विमिङ पुलको वरिपरि हरियाली बगैंचा निर्माण तथा आकर्षक खालका संरचनाहरु बनाएर स्विमिङ पुललाई स्तरीय बनाउने कार्य भैरहेको छ ।

पहिलो चरणमा बाटोमा धुलो नउड्ने गरी स्तरीय पिकनिक स्पट तयार पारिएको र दोस्रो चरणमा भएका सबै पिकनिक स्पटलाई त्यस्तै बनाइने छ । शहरी क्षेत्रभित्र रहेका पार्कहरुलाई संरक्षण गरेर आकर्षक, सुविधायुक्त र मनमोहक बनाउनका लागि  महानगरले बाइसधारा पार्कको छुट्टै गुरुयोजना तयार पार्न लागेको हो । 

बालाजु पार्कको स्वामित्वमा १ सय ६२ रोपनी जग्गा छ । अब सबै जग्गालाई सदुपयोग गर्ने र आन्तरिक पर्यटन गन्तव्यमका रुपमा विकास गरिने छ । वर्षा र चाडपर्व नजिकिँदा काममा केही ढिलाई भैरहेको छ । तिनकुने, रानीपोखरी, बालाजु लगायतका पार्ककालागि महानगरले प्राथमिकतामा राखेर काम अघि बढाउन लागेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।