logo

वाइडबडी अनियमिता छानबिन गर्न गठित उपसमितिद्वारा प्रतिवेदन बुझाउने तयारी

    1097   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - वाइडबडी जहाज खरिद सम्बन्धी विषयमा अनियमिता भएको छानबिन गर्न गठित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

उपसमितिका संयोजक दीपकप्रकाश भट्टले वाइडबडी तथा न्यारोबडी खरिद प्रक्रियामा भएका अनियमितताबारे विभिन्न चरणमा छलफल गरेर प्रतिवेदन बनाइने जानकारी दिए । जहाज खरिद गर्दा जहिले पनि विवाद किन आउँछ, केकस्ता कमजोरी छन् भन्नेबारे पनि बैठकमा छलफल भएको छ, भट्टले भने । उनका अनुसार सार्वजनिक खरिद ऐनमा कमीकमजोरी भए त्यसलाई संशोधन गर्न समितिले पहल गर्नेबारे पनि छलफल भएको छ ।

समिति सदस्य सुदन किरातीले सार्वजनिक खरिद ऐन पश्चगामी भएकाले त्यसलाई समयसापेक्ष बनाउनुपर्ने बताए । बहालवाला र पूर्वप्रशासक सबैको धारणा त्यहीं छ, यो ऐनअन्तर्गत काम गर्ने व्यक्ति कहीं न कहीं फस्छ, नगर्ने पुरस्कृत हुन्छ, उनले भने, त्यसकारण संशोधन गर्नुपर्छ भन्ने सबैको सुझाव रह्यो ।

उपसमितिले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरे, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव बेगेन्द्रराज शर्मा पौडेल, नागारिक लगानी र कर्मचारी सञ्चय कोषका अधिकारीलाई बोलाएर खरिदको विषयमा छलफल गरेको थियो । यसअघि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा र जितेन्द्र देव, पूर्वसचिवहरूसँग पनि उपसमितिले छलफल गरेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।