logo

फन्डबोर्ड विघटन गर्ने निर्णय फिर्ता गर्न खानेपानी मन्त्री मगरलाई निर्देशन, कार्यान्वयनमा आलटाल

    1319   पटक पढिएको

२ पुस /अर्थ र व्यापार  - प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दिएको निर्देशन खानेपानी मन्त्री वीना मगरले कार्यान्वयन गर्न आलटाल गरेकी छिन् । १६ मंसिरमा बसेको समितिको बैठकले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिद्वारा सञ्चालित खानेपानी तथा सरसफाई आयोजना (फन्डबोर्ड) विघटन गर्ने निर्णय फिर्ता गर्न मन्त्री मगरलाई निर्देशन दिएको थियो ।

समितिले निर्देशन दिएको १५ दिन नाघ्दासमेत मन्त्रालयले बेवास्ता गरेको हो । सरकारले गत असारमा फण्डबोर्ड विघटन गरेको थियो । बोर्ड विघटन गर्ने सरकारको निर्णयसँगै देशभर निर्माण भइरहेका ७ सय ५० ग्रामीण खानेपानी तथा सरसफाई आयोजना अलपत्र अवस्थामा पुगेका छन् ।

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिलाई छोटकरीमा फण्डबोर्ड भनिन्छ । यसको ०५२ साल चैतमा स्थापना भएको थियो । विकास समिति ऐन, २०१३ अन्तर्गत स्थापना भएको यस फण्डबोर्डमा सरकार, दातृ निकाय साथै समुदायको समेत लगानी रहेको छ ।

समुदायको ८.३३ प्रतिशत नेपाल सरकारको १०.६६ प्रतिशत र बाँकी ७१ प्रतिशत लगानी विश्व बैंकको रहेको छ । फण्डबोर्डले हालसम्म ३ हजार १ सय १८ वटा खानेपानी तथा सरसफाई आयोजनाहरु सम्पन्न गरी देशका ७५ जिल्लाका ग्रामीण भेगका २५ लाख ५३ हजार जनतालाई खानेपानी तथा सरसफाईसम्बन्धी सुविधा प्रदान गरिसकेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा मात्रै यस आयोजनाका लागि समितिको नाममा १ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, फण्डबोर्ड खारेज हुने भएपछि उक्त बजेट समेत फ्रिज हुने देखिएको छ ।

विनियोजित १ अर्ब ९४ करोड रकम खर्च गर्ने अख्तियारी खानेपानी मन्त्रालयले अहिलेसम्म पनि दिएको छैन । विनियोजित रकम खर्च गर्ने अख्तियारी नपाउँदा समितिको कार्यालय सञ्चालनमै समस्या देखिएको सरोकारवालाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।