logo

फन्डबोर्ड विघटन गर्ने निर्णय फिर्ता गर्न खानेपानी मन्त्री मगरलाई निर्देशन, कार्यान्वयनमा आलटाल

    1512   पटक पढिएको

२ पुस /अर्थ र व्यापार  - प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दिएको निर्देशन खानेपानी मन्त्री वीना मगरले कार्यान्वयन गर्न आलटाल गरेकी छिन् । १६ मंसिरमा बसेको समितिको बैठकले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिद्वारा सञ्चालित खानेपानी तथा सरसफाई आयोजना (फन्डबोर्ड) विघटन गर्ने निर्णय फिर्ता गर्न मन्त्री मगरलाई निर्देशन दिएको थियो ।

समितिले निर्देशन दिएको १५ दिन नाघ्दासमेत मन्त्रालयले बेवास्ता गरेको हो । सरकारले गत असारमा फण्डबोर्ड विघटन गरेको थियो । बोर्ड विघटन गर्ने सरकारको निर्णयसँगै देशभर निर्माण भइरहेका ७ सय ५० ग्रामीण खानेपानी तथा सरसफाई आयोजना अलपत्र अवस्थामा पुगेका छन् ।

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिलाई छोटकरीमा फण्डबोर्ड भनिन्छ । यसको ०५२ साल चैतमा स्थापना भएको थियो । विकास समिति ऐन, २०१३ अन्तर्गत स्थापना भएको यस फण्डबोर्डमा सरकार, दातृ निकाय साथै समुदायको समेत लगानी रहेको छ ।

समुदायको ८.३३ प्रतिशत नेपाल सरकारको १०.६६ प्रतिशत र बाँकी ७१ प्रतिशत लगानी विश्व बैंकको रहेको छ । फण्डबोर्डले हालसम्म ३ हजार १ सय १८ वटा खानेपानी तथा सरसफाई आयोजनाहरु सम्पन्न गरी देशका ७५ जिल्लाका ग्रामीण भेगका २५ लाख ५३ हजार जनतालाई खानेपानी तथा सरसफाईसम्बन्धी सुविधा प्रदान गरिसकेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा मात्रै यस आयोजनाका लागि समितिको नाममा १ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, फण्डबोर्ड खारेज हुने भएपछि उक्त बजेट समेत फ्रिज हुने देखिएको छ ।

विनियोजित १ अर्ब ९४ करोड रकम खर्च गर्ने अख्तियारी खानेपानी मन्त्रालयले अहिलेसम्म पनि दिएको छैन । विनियोजित रकम खर्च गर्ने अख्तियारी नपाउँदा समितिको कार्यालय सञ्चालनमै समस्या देखिएको सरोकारवालाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।