१० बैशाख / अर्थ र व्यापार- व्यास ट्राभल एण्ड टुर्स प्रा.लि.ले नेपाली र विदेशी पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले काठमाडौं–पोखरा चल्ने पर्यटक बस सञ्चालनमा ल्याएको छ । ट्राभलका प्रबन्ध निर्देश दीपक भट्ट्राईले सस्तो मुल्यमै स्वदेशी र विदेशी पर्यटकलाई स्तरीय सेवा दिने उद्देश्यले पुस ब्याक थाई रेष्ट सिट सहितको पर्यटक बस सञ्चालनमा ल्याएको वताए ।
व्यास ट्राभलले सञ्चालनमा ल्याएको बस सुपर डिलक्स एसि बस हो । बस भित्रै शौचालयको व्यवस्था हुनुका साथै एयर सस्पेन्सन,हिटिङ,प्राथमिक उपचार बक्स लगायतका सुविधाहरु छन । ग्राहकहरुले रु आठ सय भाडामा काठमाडौं–पोखराको यात्रा गर्न सक्नेछन ।
तपाईको प्रतिक्रिया