logo

भृकुटीमण्डपमा नेपाली जुत्ता चप्पल ‘सेल–मेला’ सधैंका लागि बन्द हुने

    1251   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार- काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ सधैंका लागि बन्द हुने भएको छ ।आइतवार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पलहरुलाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पुर्ण उद्योगीहरुको योजनाअनुरुप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष श्रीकृष्ण फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको जानकारी गराएका छन । सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरु तयार भएको उनको भनाई थियो । अहिले सञ्चालनमा रहेको उक्त मेलालाई आफ्ना तीनवटै संगठनको योजनाअनुसार आउने चूनौतीहरुको सामना गर्ने सहमतिअनुरुप यो कार्य गरिएको उनले बताए ।

व्यापारी तथा उपभोक्ताहरुको मागलाई सम्बोधन गर्दे आफुहरुले देशैभरि आफ्ना उत्पादनहरुको उपलब्धता गराउने सोचका साथमा यो निर्णय गरिएको उनले स्पष्ट पारे । देशमा धेरै उद्योग तथा कलकारखानाहरु आवश्यक रहेको बताउँदै उनले उद्योगको विकासलेमात्र समृद्धि हाँसिल गर्न सकिने धारणा राखेका थिए । आफ्ना उत्पादनहरु व्यापारीहरुले बिक्रि गर्न उपभोक्तासम्म बस्तुलाई पुर्याउने हो भने आफुहरुको व्यापारले थप उचाई लिने उनले आशा ब्यक्त गरे । ब्यापारीहरुले स्वदेशी ब्रान्डलाई बिक्रि बितरणमा जोड दिन आवश्यक रहेकोपनि उनको भनाई छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।