logo

सवारी लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी

    1658   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार– यातायात व्यवस्था विभागले कोभिड–१९ संक्रमणयता बन्द रहेको सवारी लाइसेन्सको आवेदन लिने र परीक्षा गराउने काम पुनः थालिने बताएको छ । 

विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले व्यवस्थापन गर्ने गरि पुनः आवेदन लिई परीक्षा लिने भएको छ ।

सूचनामा सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीलाई लागि सम्पर्क अधिकृत पनि तोकिएको छ । प्रदेश १ का लागि ओमप्रकाश अधिकारी, २ का लागि कृष्णकुमार मिश्र, वाग्मतीका लागि राजन पोखरेल, गण्डकीमा डोलराज पराजुली, लुम्बिनीमा राजेन्द्रप्रसाद पन्थी, कर्णालीमा नवीन थापा र सुदूरपश्चिममा छविराज जैसीलाई सम्पर्क अधिकृत तोकिएको छ । 

आवेदकले सम्बद्ध अधिकृतहरूलाई सम्पर्क गरेर फारम भर्ने प्रक्रियामा सहभागी हुनसक्ने सूचनामा उल्लेख छ ।

सम्बद्ध सम्पर्क अधिकृतहरूले आआफ्नो प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आउने मागको मूल्यांकन गरेपछि मन्त्रालय संगको सहकार्यमा यातायात कार्यालयहरूले फारम लिने र परीक्षाको तयारीका लागि काम थाल्नेछन् ।

यातायात व्यवस्था विभागले नयाँ आवेदन नलिएका कारण कार्यालयहरूले सवारी दर्ता नवीकरण र चैतअघि ट्रायल पास गरेकाहरूलाई लाइसेन्स वितरण गर्ने लाइसेन्स छाप्ने काम गरिरहेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।