logo

सुधिर बस्नेतद्वारा भेगास सिटी निर्माणको डिपिआर तयार गरि समितिमा पेश

    1327   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार - सहकारी संस्था तथा संघको व्यवस्थापन समितिले भेगास सिटी निर्माणको विस्तृत परियोजना रिपोर्ट तयार पार्न निर्देशन दिएपछि घरजग्गा व्यवसायी सुधिर बस्नेतले डिपिआर तयार गरि समितिमा पेश गरेका छन् । डिपिआर पेश गरेका बस्नेतले डिपिआरको अध्ययनपछि भेगास सिटीको बाँकी काम कम्पनी सञ्चालकले गर्ने वा समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले गर्नेबारे लिखित जवाफ माग गरेका छन ।

काम कम्पनी संचालकले गर्ने वा व्यवस्थापन समिती स्वयमले गर्ने सोको जानकारी आम सरोकारवालाले पाउने छन, व्यवस्थापन समितिले जिम्मेवारपूर्ण ढंगले जवाफ दिने नै छ भन्ने लागेको छ । डिपिआर तयार गर्दा बजार मुल्य, श्रमिक ज्याला, बनाउन लाग्ने खर्च समेतको विवरण साथ बास्तविकताको आधारमा तयार गरेको समेत उनको दावी छ ।

त्यसैगरी निर्माणको लागि आवश्यक रकम अभावका कारण भित्री भागको फनिसिङ गर्न पाउने जसले लागतमा समेत कमी आइ र व्यक्तिगत पुर्जा बनाउन समेत चाँडो हुने उल्लेख गरिएको छ । डिपिआर तयार गर्दा कुल भवनको ए, वि, सि, डि, इ, एफ मा २१ वटा विल्डिङमा रहेका ५७० वटा फल्याटहरुमा परिवर्तन भएको छ । व्लक ए लाई रद्ध गरि उक्त स्थानमा साना व्यक्तिगत कुल ३० वटा घर बनाउने र ६ महिनाभित्र निमार्ण सम्मन्न गरिने र ती घरहरु तुरुन्ट विक्री भई बैंक कर्जा र अन्य खर्च भुक्तानीमा सहज हुने उल्लेख गरिएको छ ।

त्यसै गरि विडिङ बि मा १२ तल्लाको डिजाइन भए पनि ५ महिनाभित्र पुर्जा निकाल्ने प्रयोजनका लागि १० तल्लासम्म मात्र निर्माण गरिने बताइएको छ । बिल्डिङ सि र डि मा भने हालको डिजाइनमा परिवर्तन गरि ५ वटा १२ तल्लाको विल्डिङ बनाउने योजना बनेको छ । त्यसै गरी बिल्डिङ एफ डिजाइन अनुसार नै १२ तल्लाको बनाइने डिपिआरमा उल्लेख छ ।

यसरी भेगास सिटी निर्माणको डिपिआर तयार पार्दा पहिलाको डिजाइनमा केहि परिवर्तन गरेका छन् । अपार्टमेण्टको साविकको डिजाइन परिवर्तन लगायतको सम्बन्धमा सरकारी स्तरबाट परिआउने बाधा व्यवधानको समाधानको अपेक्षा समेत कम्पनी सञ्चालक बस्नेतले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।