logo

एक अर्ब २५ करोड रुपैयाँ भ्याट फिर्ता गर्न माग गर्दै ऊर्जामन्त्रीलाई इपानको पत्र 

    1320   पटक पढिएको

२२ आषाढ/अर्थ र व्यापार– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले निर्माण सम्पन्न जलविद्युत आयोजनालाई दिने भनिएको भ्याट फिर्ता दिन माग गर्दै सरकारलाई औपचारिक पत्राचार गरेको छ । 

इपानले २०६८ साउन देखि २०७४ चैतसम्म निर्माण सम्पन्न भएका ५१ वटा जलविद्युत ५१ वटा जलविद्युत आयोजनाको करिब २५० मेगावाट बराबरका जलविद्युत आयोजनालाई १ अर्ब २५ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिन इपानले ऊर्जामन्त्री वर्षमान पुनको नाममा पत्राचार गरेको हो । 

इपानले विगतका मन्त्रीहरुलाई पनि भ्याट छुटको लागि आग्रह गरिएको तर निर्माण सम्पन्न आयोजनाले अहिले सम्म भ्याट छुट नपाएको भन्दै उक्त निर्णयअनुसार भ्याट फिर्ता दिन अनुरोध गरेको छ ।

इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले २०६७ चैतमा भएको मन्त्रिपरिषदको निर्णय, विभिन्न आर्थिक वर्ष २०७१र०७२ को बजेटमा २०७९र०८० सम्म निर्माण सक्ने आयोजनालाई ५० लाख रुपैयाँ भ्याट छुट दिने र २०७४र०७५ सम्म निर्माण सम्पन्न गर्ने जलविद्युत आयोजनालाई थप १० प्रतिशत भ्याट छुट गरि ५५ लाख रुपैयाँ भ्याट छुट दिने निर्णय गरिएको भन्दै नियम अनुसार पाउने भ्याट फिर्ता गरिदिन इपानले पत्राचार गरेका गरेको छ।

भ्याट फिर्ताको विषयमा अर्थ मन्त्रालय भने सुरुदेखि नै असहमत छ । भ्याट ऐनमा नभएको व्यवस्था कार्य्विधि मार्फत घोषणा गरिएकाले दिन नसकिने तर्क अर्थ मन्त्रालयले गर्दै आएको छ। 

अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामशरण पुडासैनीले ‘ऐन कानुनमा नभएको व्यवस्था कार्ययोजना र कार्य्विधि भनेर घोषणा गरिएको थियो‘ । तसर्थ अर्थ मन्त्रालय सुरुदेखि नै यसमा सैद्धान्तिकरुपमा असहमत रहेका कारणले रकम नदिएको बताए । तर यस बिषयमा थप छलफल आवश्यक रहेको पुडासैनीले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।