७ मंसिर/अर्थ र व्यापार– सरकारले आफ्नो पालिकाभित्र एक जना उत्कृष्ट उद्यम गर्ने उद्यमीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।
संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो पालिका भित्र उत्कृष्ट उद्यम गर्नेलाई एक जना उद्यमीलाई सम्मान गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको हो । साथै छैटौं उद्योग दिवस सबै (७५३) वटै स्थानीय तहमा मनाउन निर्देशन दिएको छ ।
‘उद्योग र रोजगारः समृद्धिको आधार’ भन्ने नाराकासाथ मंसिर ९ गते सरकारले छैटौं उद्योग दिवश मनाउँदै छ ।
उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न देशै भरका स्थानीय तहमार्फत सम्मान गर्न थालिएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया