आषाढ १४/अर्थ र व्यापार– अमेरिकाले चिनि उत्पादनमा ठूलो मात्रामा आयात कर बढाएपछी एकपटक फेरी अमेरिकी डलरको भाउ बढेको छ । बिहीबार एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ ८ पैसा पुगेको छ। डलरको भाउ यसअघि २०७३ मंसिर १० गते भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो।
त्यपछि झरेको डलरको भाउ फेरि उक्लिन थालेको हो। अमेरिकाले चिनी उत्पादनमा ठूलो मात्रामा आयात कर बढाइ दिएको छ। यसले गर्दा अमेरिका र चीनबीच ब्यापार युद्धको अवस्था देखिएको छ। यसको असर डलरको भाउमा परेको हो।
साथै महिनाको अन्तिमतिर तेल मार्केटिङ कम्पनीहरुबाट डलरको माग बढेका कारण पनि भाउ बढेको हो। नेपाली बैंकहरुले भने राष्ट्र बैंकले तोकेको रिफरेन्स रेटभन्दा केही कममै कारोबार गरिरहेका छन्।
तपाईको प्रतिक्रिया