logo

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सोमबार परीक्षण विद्युत उत्पादन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    1738   पटक पढिएको

२० असार/अर्थ र व्यापार– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण विद्युत उत्पादन असार २१ गते सोमवार हुने भएको छ । 

परीक्षण विद्युत उत्पादनको उद्घाटन अपरान्ह चार बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ ।

उद्घाटन पश्चात आयोजनाका छ ओटा युनिट मध्ये एक युनिटबाट ७६ मेघावाट विद्युतको परीक्षण उत्पादन शुरु हुने छ ।
त्यस्तै, आइतवार नै खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको ४७.२ किलोमिटर लामो विद्युत् प्रसारण लाईन चार्जिङ गर्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।  

२०६७ सालमा मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको आयोजनाको करिव ११ बर्षपछि पहिलो युनिटवाट विद्युत् उत्पादन हुन लागेको छ ।

आयोजनाका अन्य अरु पाँच ओटा युनिटबाट विद्युत् उत्पादन गर्नकालागि आवश्यक परीक्षणहरु भइरहेको आयोजनाले बताएको छ । 

छ ओटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।