logo

निर्णायक आन्दोलन गर्दै उखु किसान, सर्लाहीबाट ५ सय किसान काठमाडौं आउँदै

    1902   पटक पढिएको

२५ मंसिर/अर्थ र व्यापार– चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

सर्लाहीका उखु किसानले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले माइतिघर मण्डलाको शान्तिपूर्ण धर्नाबाट पनि निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको तयारी गरिएको जानकारी दिए ।

संरक्षक मिश्रले मंसिर २७ गते बेलुका सर्लाहीबाट पाँच सय जना किसान काठमाडौंका लागि हिँड्ने भन्दै २८ गतेदेखी माइतीघरमा धर्ना दिने बताए ।

सरकार र उखु किसानबीच यसअघि पटक–पटक वार्ता भएको थियो । सरकारले किसानसंग गरेको वाचाअनुसार किसानले बक्यौता रकम पाएका छैनन् । उखु किसानहरुले तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर बक्यौता रकम दिलाईदिन माग गरेको थियो ।

सरकारले किसानसँग पटक–पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा जानुपर्ने अवस्थामा पुगेको किसानहरुले बताएका छन् ।

संरक्षक मिश्रले काठमाडौं केन्द्रित आन्दोलन अन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानव अधिकारकर्मीलाई आफुहरुमाथि भएको शोषण विरुद्ध लड्न साथ दिनको लागि अपिल गर्ने रहेको बताए ।

सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।