logo

उद्योग सञ्चालनको प्रगति विवरण विभागमा नपठाए ७५ हजारसम्म जरिवान हुने

    1999   पटक पढिएको


१६ साउन/अर्थ र व्यापार– उद्योगहरुले आफ्नो वार्षिक प्रगति विवरण अनिवार्य रुपमा उद्योग विभागलाई बुझाउनुपर्न भएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७३ मा प्रत्येक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि तोकिए बमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिने व्यवस्था छ । 

उद्योगहरुले अबदेखी अनिवार्य रुपमा उद्योगको वार्षिक प्रगति विवरण विभागमा दिनुपर्ने उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

उद्योग विभागले उद्योग सञ्चालनको वार्षिक विवरण अनलाइनमार्फत विभागमा पठाउन सकिने गरि इण्डष्ट्रिएल स्टाटिस्टिक इन्ट्री सिस्टम तयार पारेको छ ।

विभागले उद्योग सम्बद्ध विभिन्न छाता संगठनका प्रतिनिधिहरूसँग छलफल गरि अनलाइनबाट वार्षिक प्रगति विवरण पठाउनेबारे जानकारी गराइसकेको छ ।

अनलाइनमार्फत प्रगति विवरण पठाउन तयार पारिएको सिस्टमको गत आइतबारदेखि परिक्षण सुरु गरिएको छ ।
सिस्टम पूर्णरुपमा लागू भए पश्चात् विभागले सार्वजनिक सूचना जारी गर्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रगति विवरण नुबझाएको उद्योगको हकमा सूचना जारी भएको मितिले ३० दिन भित्र उद्योगको प्रगति विवरण पठाइसक्नुपर्ने छ ।

गत आर्थिक वर्ष २०७४/७५ को प्रगति विवरण नपठाएका उद्योगले भने अनिवार्य रुपमा वार्षिक प्रगति विवरण ऐनको व्यवस्था बमोजिम ६ महिना भित्र उक्त सिस्टममा उपलब्ध गराउनुपर्ने बिभागले जनाएको छ । 

ऐनमा तोकिएको विवरण तोकिएको अवधिभित्र उपलब्ध नगराएमा उद्योग दर्ता गर्ने निकायले प्रत्येक आर्थिक वर्षको लागि, लघु उद्योगलाई पाँच हजार रुपैयाँ, घरेलु उद्योगलाई १० हजार रुपैयाँ, साना उद्योगलाई २० हजार रुपैयाँ, मझौला उद्योगलाई ४० हजार रुपैयाँ र ठूला उद्योगलाई ७५ हजार रुपैयाँसम्म जरिवाना हुने विभागले जानकारी दिएको छ । 

उद्योगहरुको अद्यावधिक तथ्यांक विभागसँग उपलब्ध हुँदा आगामी दिनमा औद्योगिक नीति, रणनीति तय गर्न सहज हुने प्रवक्ता भुसालले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।