logo

यूएई र नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको आज ४२ वर्ष पूरा

    1092   पटक पढिएको

८माघ/ अर्थ र व्यापार - नेपाल र यूएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको मंगलबार ४२ वर्ष पूरा भएको छ । २२ जनवरी १९७७ मा सुरु भएको कुटनीतिक सम्बन्धलाई नेपालले यूएईमा सन २००४ को अप्रिल ११ मा नेपाली दूतावास स्थापना गरेर थप बलियो बनाएको थियो । 

कार्यकाल पूरा गरेर राजदूत धनन्जय झा नेपाल फर्किएपछि गएको झन्डै ३ वर्ष यता यूएईमा नेपाली राजदूत नियुक्त भएका छैनन् । अहिले कार्यबाहक राजदूतको रुपमा  सागरप्रसाद फुयाँलले दूतावासको नेतृत्व गरिरहेका छन् । यूएईले पनि सन २०१६ को १० मे मा काठमाण्डौमा दूतावास स्थापना गरेर काम सुरु गरेको छ । यूएईमा नेपालीको सँख्या बढेसँगै दुबईमा कन्सुलेट कार्यालय स्थापना गरेर सेवा प्रदान गर्न यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।  

दुई देशबीचको कुटनीतिक सम्बन्ध थप बलियो बनाउन पछिल्ला समय दुई देशका उच्च अधिकारीहरुले नियमित रुपमा भ्रमण गर्दै आएको कार्यबाहक राजदुत फुयाँलले बताए ।  नेपालका लागि भारत र चीनपछि यूएई तेस्रो ठूलो व्व्यवसायिक साझेदार देश पनि हो । यूएईबाट वार्षिक ५ दशमलब १ प्रतिशत सामान नेपाल आयात गरिने र नेपालबाट जम्मा शून्य दशमल ४ प्रतिशत मात्रै सामान यूएईमा निर्यात हुने गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।