logo

त्रिपुरेश्वबाट कलङ्की हुँदै नागढुङगासम्म पुग्ने सडक ५० प्रतिशत कालोपत्रे पुरा

    1238   पटक पढिएको

२१ फागुन/ अर्थ र व्यापार  - त्रिपुरेश्वर – नागढुङगा सडकको ५० प्रतिशत कालोपत्रे पुरा भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार त्रिपुरेश्वबाट कलङ्की हुँदै नागढुङगासम्म पुग्ने १२.५ किलोमिटर सडक खण्डको करिव ६ किलोमिटर कालोपत्रे पुरा भएको हो । अहिले कलङ्की चोकबाट कालीमाटीतिरको भागमा धमाधम कालोपत्रे भइरहेको छ भने कलङ्कीबाट नागढुङगातिरका अधिकांश बाँकी ठाउँहरुमा कालोपत्रे गर्ने तयारी भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) विश्वविजयलाल श्रेष्ठले जानकारी दिए । 

मुआब्जा विवादका कारण पुरा हुनुपर्ने समयावधीसम्म एक तिहाई काम बल्लतल्ल भएपछि सर्वसाधरणले सडक विस्तारका नाममा धुवाँ, धुलो र सास्ती पाएको भन्दै यथास्थितिमा कालोपत्रे गर्ने निर्णय भएको थियो । तत्कालै जहाँ जती ठाउँ उपलब्ध छ त्यहाँ त्यति नै भाग कालोपत्रे गर्ने र सडक विस्तारको काम पनि जारी राख्ने गरि काम भइरहेको आयोजनाले जनाएको छ । उपलब्ध ठाउँअनुसार कालोपत्रे गर्न सुरु गरिएको भएपनि सडक विस्तार भने नरोकिने सिडिई श्रेष्ठले बताए ।

आयोजनाका अनुसार आगामी बैशाखसम्ममा कालोपत्रे पुरा गर्ने गर्ने लक्ष्य राखिएको छ । कालोपत्रे गर्नुअघि पुर्वाधार तयार पार्नका लागि समय लाग्ने हो । कालोपत्रे सकेपछि जेठमा सडकको लेन छुट्याउने पेन्टिङ गर्ने लगायतका फिनिसिङका काम गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ । आयोजनाले सडक निर्माण समयमा नै सक्ने भन्दै चार बर्षअघि चार प्याकेज बनाएर ठेक्का लगाएको थियो । त्रिपुरेश्वरदेखि कलङ्की ३.३८०  किलोमिटरको पहिलो प्याकेज बज्रगुरुरविरुवार सिएम जेभीले पाएको छ । जसको ६० प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ । अहिले यो खण्डमा धमाधम कालोपत्रे भइरहेको छ । 

दोस्रो कलङ्कीदेखि सतुङगल तीन किमीको प्याकेज शर्मार शैलुङर कान्छाराम जेभीले पाएको छ । यो खण्डमा पनि कालोपत्रे भइरहेको छ भने केहि भागमा वेसमेन्ट तयारीको काम भइरहेको छ । सतुङगलदेखि त्रिभुवन पार्क तेस्रो प्याकेजको जिम्मा लुम्विनी र शैलुङरसाप जेभीले पाएको छ । तीन किलोमिटर यो खण्डमा पनि धमाधम कालोपत्रे गर्नका लागि वेसमेन्ट तयार पार्ने काम भैरहेको आयोजनाले जनाएको छ । त्रिभुवनपार्कदेखि नागढुङगासम्मको अन्तिम प्याकेज शर्मार शैलुङर कान्छाराम जेभीले पाएको छ। ३.१०० किमीको यो खण्ड लगभग तयार हुने अवस्थामा रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।