२४ पुस /अर्थ र व्यापार - दुई घण्टा देखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालनमा आएको छ । मंगलबार बिहान ९ बजे देखि बिग्रिएको सञ्चार उपकरण फेरिए पछि विमानस्थलबाट हुने उडान सेवा शुरु भएको विमानस्थल प्रशासनले जनाएको छ ।
विमानस्थलको भिसिसिएस उपकरण बिग्रिँदा दुई घण्टा अवधिमा झण्डै ५० उडान रोकिएका थिए । एयर ट्राफिक व्यवस्थापन तथा एयर ट्राफिक कन्ट्रोल कम्युनिकेसनका लागि प्रयोग हुने भिसिसिएस उपकरण फेर्न विमानस्थललाई दुई घण्टा लागेको थियो ।
तपाईको प्रतिक्रिया