logo

नेपाल वायुसेवा निगमद्वारा कुलेश्वरस्थित आफ्नै भवनमा तालिम केन्द्र सञ्चालन

    1186   पटक पढिएको

२ पुस/ अर्थ र व्यापार   - कर्मचारी क्षमता अभिवृद्धिका लागि नेपाल वायुसेवा निगमले आइतबारदेखि कुलेश्वरस्थित आफ्नै भवनमा तालिम केन्द्र सञ्चालनमा ल्याएको छ । भवनमा प्रशासन, इन्जिनियरिङ, अपरेटिङलगायत सबै किसिमका तालिम दिइने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

भवनमा रहेको तीनवटा कोठामा कर्मचारीलाई तालिम दिइने उनले जानकारी दिए । उनका अनुसार एक पटकमा ६० जनासम्म कर्मचारीलाई तालिम दिन सकिनेछ । हाल नेपाल वायुसेवा निगममा १४ सय भन्दा धेरै कर्मचारी कार्यरत छन् । 

कुलेश्वरस्थित यो भवन निगमले दुई वर्षअघि आफ्नो स्वामित्वमा ल्याएको थियो । दुई वर्ष अघि एक ट्राभल एजेन्टले नेपाल वायुसेवा निगमलाई टिकट बिक्री गरेबापत तिर्नुपर्ने दुई करोड भन्दा बढी रकम नबुझाएपछि निगमले सर्वच्च अदालतको फैसलाअनुसार उक्त भवन प्राप्त गरेको हो । करिब आठ आना जग्गामा रहेको चार तल्ले भवनमा तीनवटा कोठामा तालिम कक्ष राखिने र बाँकी कोठाहरु कार्यालयको प्रयोजनमा ल्याइने निगमले जनाएको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।