logo

भ्रमण वर्ष २०२० : मकवानपुर गढीमा विजय उत्सवको आयोजना हुने

    1131   पटक पढिएको

११ पुस / अर्थ र व्यापार - सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुर गढीमा विजय उत्सव मनाउनेदेखि लिएर इन्द्रसरोवरमा प्याराग्लाइडिङ गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।

भ्रमण वर्षलाई सफल पार्न समन्वय समितिले जिल्लाको प्रमुख नाका क्षेत्रमा गन्तव्य चिनाउने होर्डिङ बोर्ड राख्ने भएको छ । भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी सबै नेपाली नागरिकको भएकाले सोही अनुसार योजनावद्ध रुपमा कार्यक्रमहरु गर्न लागिएको समितिका प्रमुख रधुनाथ खुलालले बताए ।

कार्यक्रम अनुसार जिल्लामा रहेका अधिकांश पर्यटकिय स्थलको चित्रसहितको ब्रुसर प्रकाशन गर्ने भएको छ । पर्यटकको स्वागतका लागि हेटौंडाको बुद्ध चोक र शहिद स्मारक, मनहरी गाउँपालिकाले लोथर, थाहा नगरपालिकाले टिस्टुङ दामेचौर, इन्द्रसरोवर गाउँपालिकाले हुमाने भञ्ज्याङ र बागमति गाउँपालिकाले झुरझुरेमा होर्डिङ बोर्ड राख्ने भएका छन् ।

भ्रमण वर्ष २०२० को लोगोसहितको टोपी तयार गर्ने, प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा भएका पर्यटन स्थलहरुमा पुग्ने बाटो सरसफाइ र मर्मत गर्ने, जनवरी १ मा जिससले शहिद स्मारकमा र प्रत्येक स्थानीय तहले आ-आफ्नो स्थानीय तहमै आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत कार्यक्रम गर्नेछन् । ऐतिहासिक मकवानपुर गढीमा माघ १० गते विजय उत्सव मनाउने र हेटौंडाको शहिद स्मारकमा माघ १० देखि १६ सम्म शहिद सप्ताह मनाउने कार्यक्रम तय गरिएको समन्वय समितिका प्रमुख खुलालले बताए ।

पर्यटनको आगमनसँगै मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास रहेकाले मकवानपुरका होटल व्यवसायीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी नेपाली खानाको मेनु सहित तयार गर्ने र भ्रमण वर्ष लक्षित खानामा छुट दिने भएका छन् । होटलसम्म आएका पर्यटकका लागि यातायतको व्यवस्थापन गर्ने निर्णय भएको समन्वय समितिले जनाएको छ ।

हेटौंडा राइडर्स क्ल्बले पर्यटन वर्षलाई सफल बनाउन शनिबार अफरोड च्याम्पियनशीप प्रतियोगिता आयोजना गर्ने छ भने इन्द्रसरोवर गाउँपालिकाले इन्द्रसरोवर ताल माथि प्याग्लाइडिङसहित स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समन्वय समितिको पहलमा जिल्लामा रहेका १० स्थानीय तहले प्रदेश सरकारले प्रति स्थानीय तह ३ पर्यटकीय गन्तव्य माग गरेको थियो । स्थानीय तहले जिल्लामा रहेका ३० प्रमुख गन्तव्य प्रदेश सरकारलाई दिएको समितिका प्रमुख खुलालले जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।