logo

मानसरोबर जान तीर्थयात्रीको घुइँचो

    1877   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोबर तथा कैलाश जाने तीर्थयात्री बढेपछि हुम्लामा हवाइजहाज तथा हेलिकप्टरलाई यात्रु ओसार्न भ्याइनभ्याई भएको छ । 

मानसरोबर तथा कैलाश जाने प्रमुख मार्ग तातोपानी नाका र रसुवा नाका बन्द भएपछि हुम्लाको सिमिकोट हुँदै हिल्सा नाकामा तीर्थयात्रीको चाप बढेको हो ।

गत वर्ष ९ हजार ६ सय तीर्थयात्रु कैलाश तथा मानसरोबर पुगेकोमा यो वर्ष त्यसको दोब्बर हुने अनुमान गरिएको छ । तीर्थयात्रीको चाप बढेपछि अहिलेसम्मकै सबैभन्दा बढी फ्लाइट हुम्लाको सिमिकोटमा भएको छ ।

यात्रुको चाप बढेको दुई(तीन वर्षयता सामान्यतः ९० देखि १०० सम्म उडान हुने गरेको थियो तर शुक्रबार १३३ अवतरण र १३५ उडान भएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी उडान हो ।

तीर्थयात्रुको चाप बढेसँगै हुम्लामा अहिले नेपालगन्जदेखि तारा एयर, गोमा एयर, सिम्रिक एयर, सीता एयरले उडान भरिरहेका छन् । हुम्लाको सिमिकोट विमानस्थलबाट हिल्सा नाकासम्म माउन्टेन एयर, मनाङ एयर, सिम्रिक एयर, श्री एयर लगाएतका हेलिकप्टरले तीर्थयात्रुलाई ल्याउने लैजाने गर्दछन् । 

हवाइजहाज र हेलिकप्टरहरुको चाप बढेपछि सिमिकोट एयरपोर्टमा पार्किङकोे समेत समस्या हुने गरेको छ । यात्रुको चाप बढेकाले एयरपोर्ट विस्तारको काम समेत सुरु गर्न लागिएको छ ।
 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।