logo

मानसरोबर जान तीर्थयात्रीको घुइँचो

    1611   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोबर तथा कैलाश जाने तीर्थयात्री बढेपछि हुम्लामा हवाइजहाज तथा हेलिकप्टरलाई यात्रु ओसार्न भ्याइनभ्याई भएको छ । 

मानसरोबर तथा कैलाश जाने प्रमुख मार्ग तातोपानी नाका र रसुवा नाका बन्द भएपछि हुम्लाको सिमिकोट हुँदै हिल्सा नाकामा तीर्थयात्रीको चाप बढेको हो ।

गत वर्ष ९ हजार ६ सय तीर्थयात्रु कैलाश तथा मानसरोबर पुगेकोमा यो वर्ष त्यसको दोब्बर हुने अनुमान गरिएको छ । तीर्थयात्रीको चाप बढेपछि अहिलेसम्मकै सबैभन्दा बढी फ्लाइट हुम्लाको सिमिकोटमा भएको छ ।

यात्रुको चाप बढेको दुई(तीन वर्षयता सामान्यतः ९० देखि १०० सम्म उडान हुने गरेको थियो तर शुक्रबार १३३ अवतरण र १३५ उडान भएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी उडान हो ।

तीर्थयात्रुको चाप बढेसँगै हुम्लामा अहिले नेपालगन्जदेखि तारा एयर, गोमा एयर, सिम्रिक एयर, सीता एयरले उडान भरिरहेका छन् । हुम्लाको सिमिकोट विमानस्थलबाट हिल्सा नाकासम्म माउन्टेन एयर, मनाङ एयर, सिम्रिक एयर, श्री एयर लगाएतका हेलिकप्टरले तीर्थयात्रुलाई ल्याउने लैजाने गर्दछन् । 

हवाइजहाज र हेलिकप्टरहरुको चाप बढेपछि सिमिकोट एयरपोर्टमा पार्किङकोे समेत समस्या हुने गरेको छ । यात्रुको चाप बढेकाले एयरपोर्ट विस्तारको काम समेत सुरु गर्न लागिएको छ ।
 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।