logo

नेपाल वायु सेवा निगमको बोइङ ७५७ खरिद गर्न तीन कम्पनी इच्छुक, बेच्न परामर्श सुरू  

    1518   पटक पढिएको

१५ मंसिर / अर्थ र व्यापार - नेपाल वायुसेवा निगमको बोइङ ७५७ (गण्डकी) खरिदका लागि तीनवटा अमेरिकी कम्पनीले चासो देखाएका छन्। निगमले १८ दिनअघि दर्खास्त आह्वान गरेको थियो । खरिदका लागि अमेरिकाका तीनवटा कम्पनीले चासो देखाएको निगमले जनाएको छ।
 
प्रक्रिया पुरा भए तीन साताभित्र बोइङ बिक्री गर्ने योजना छ। ’गत बुधबार तीनवटा अमेरिकी कम्पनीले चासो देखाएको पाएका छौं। खरिद रकमलाई मध्यनजर गर्दै एउटा कम्पनीलाई जहाज बिक्री गर्ने हो,’ निगमका एक पदाधिकारीले भने, ’अहिले हामी त्यसैको नेगोसिएसनको फेजमा छौं।’ अमेरिकाको एभियोन, एमके एभिएसन र सीएसडीएस लगायत कम्पनीले निगमसँग भएको दोस्रो बोइङ ’गण्डकी’ खरिद गर्न चासो देखाएका हुन्।

 नाइन - एनएसीबी कल साइनको उक्त जहाजको सिरियल नम्बर २३८६३ छ भने मोडल बी ७५७ - २एफ ८ सीबी छ। सन् १९८८ मा उत्पादित यो जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ।

रोल्स - रोयस इन्जिन भएको उक्त जहाज सात महिनादेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा थन्किएर बसेको छ। निगमले ३० वर्षअघि दुइवटा बोइङ खरिद गरेको थियो। निगमले सन् १९८७ सेप्टेम्बर १९ मा ’कर्णाली’ र दोस्रो बोइङ ’गण्डकी’ सन् १९८८ सेप्टेम्बर १ मा खरिद गरेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।