logo

नारायणहिटी संग्रहालय व्यवस्थापन अब विकास समितिमार्फत

    1798   पटक पढिएको

१० मंसिर / अर्थ र व्यापार - नारायणहिटी दरवार संग्रहालयको संचालन–व्यवस्थापन अब विकास समिति मार्फत हुने भएको छ । सरकारले नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति (गठन) आदेश २०७६ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो ।

विकास समितिको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले गर्ने भएका छन् । समितिमा अर्थ र गृह मन्त्रालयका सहसचिव सदस्यका रुपमा तोकिएका छन् । पुरातत्व विभागका महानिर्देशकसमेत सदस्य रहने गरी संगठन संरचना बनाइएको छ । सदस्यसचिवको जिम्मेवारी भने कार्यकारी निर्देशकले निर्वाह गर्ने छन् । कार्यकारी निर्देशक सरकारले नियुक्त गर्ने छ । उनको कार्याकाल ४ वर्ष रहने गरी गठन आदेश जारी भएको छ ।

नारायणहिटी दरवार र गणतन्त्र स्मारक दुबै संरचनालाई अब एउटै विकास समितिले व्यवस्थापन गर्ने छ । समितिले संग्रहालय र स्मारकलाई राष्ट्रको महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक धरोहरका रुपमा विकास गर्न भूमिका खेल्नेछ । शहिद दिवसका दिन स्मारकलाई शहिदहरुप्रति सम्मान गर्ने स्थलका रुपमा विकास गरिने भएको छ ।

यस स्मारकलाई विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणका बेला शहीदप्रति श्रद्धान्जली अर्पण गर्ने स्थानका रुपमा विकास गरिने पनि आदेशमा उल्लेख छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ पदाधिकारी शहीदप्रति सम्मान व्यक्त गर्न यही स्तम्भमा पुग्नेछन् । समितिले यस परिसरभित्र प्रवेशका लागि शूल्क तोक्ने अधिकारसमेत पाएको छ ।

संग्रहालय र स्मारक संचालनमा आवश्यक पर्ने आर्थिक स्रोत समिति आफैले जुटाउनु पर्ने भएको छ । स्रोत व्यवस्थापनको दीगो उपाय अवलम्बन गरी कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ । समितिले संग्रहालयको संरक्षण र उपयोगका सम्बन्धमा नेपाल सरकारलाई सुझाव समेत दिन सक्ने छ ।

थप वस्तुहरु प्रदर्शनीमा राख्नेसम्बन्धमा समेत समिति आफैले निर्णय गर्ने सक्ने प्रावधान थपिएको छ । वस्तुको अध्ययन–अनुसन्धान गर्ने र संग्रहालयका सम्बन्धमा सरकारले दिएका निर्देशन पालनाको वातावरणसमेत विकास समितिमार्फत हुने भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।