logo

घातक र दुर्घटना बीमाको अधिकतम सीमा तोकियो, १० लाखबढीको बीमा गर्न डाक्टरको सिफारिस अनिवार्य

    1548   पटक पढिएको

२३ मंसिर / अर्थ र व्यापार - यसअघि बैंकहरुले निःशुल्क बीमा गर्ने भनेर गरेको प्रचारप्रचारमा मन्दी आउने भएको छ । यसका लागि बीमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गरेको छ ।

बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा एवम् बीमा व्यवसायको प्रचारप्रचार गर्दा एकरुपता कायम हो भनेर बीमा जोखिमाङकन कार्यलाई व्यवस्थित बनाउन उक्त मार्गदर्शन जारी गरेको छ ।

यो मार्गदर्शन कार्यान्वयनमा आएसँगै बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसायको प्रचार–प्रसार गर्दा सम्बन्धित बीमकको नाम उल्लेख गर्न वा बीमकसँगको सहकार्यमा बीमा भएको भन्ने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै बीमकले विभिन्न संस्थासँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बीमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बीमा प्रिमियम शुल्क ‘संस्था स्वंयले व्यहोर्ने’ भन्ने सूचना दिनुपर्ने छ ।

उक्त मार्गदर्शनमा घातक रोगको बीमांकको अधिकतम १० लाख, दुर्घटना बीमाको अधिकतम १० लाख र औषधोपचार बीमाको अधिकतम १ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । यस्तै घातक रोगको बीमाङकको हद १० लाख र औषधोपचार बीमा पूरक करारको हद १ लाख रुपैयाँ छ । बीमित सदस्यको स्वास्थ्य जाँच गरी प्रत्येक घातक रोगको चिकित्सकको स्वास्थ्य परीक्षण प्रतिवेदन संलग्न राखी बीमकले जोखिमांकन (अन्डरराइटिङ) गरेको हुनुपर्ने व्यवस्था छ ।

समितिले जारी गरेको मार्गदर्शनमा बीमकले उक्त मार्गदर्शनको अधिनमा रही नयाँ बीमालेख जारी गर्दा पुरानो बीमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मूल बीमालेख जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।मार्गदर्शनमा संस्थाले आफ्ना निक्षेपकर्ता, सदस्य जा ऋणीको औषधोपचार बीमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्दा ग्राहकको पहिचान केवाईसी र स्वास्थ्य सम्बन्धी फारम भर्नुपर्ने व्यवस्था रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।