logo

बर्खास्त गर्ने प्रकृया रोक्न डेपुटी गभर्नर श्रेष्ठ लबिङमा, हटाउने निर्णय भए अदालत जाने योजना

    1324   पटक पढिएको

२१ कात्तिक / अर्थ र व्यापार

सरकारले बर्खास्त गर्ने प्रकृया सुरु गरेपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ आफूलाई जोगाउन राजनीतिक लबिङमा लागेका छन् ।
जुन शक्ति केन्द्रहरु प्रयोग गरेर नियुक्त भएका थिए त्यही शक्तिकेन्द्र प्रयोग गरेर उनी जसरी पनि जोगिन खोजिरहेका छन् ।

उनी निकट स्रोतहरुका अनुसार, श्रेष्ठले राष्ट्र बैंकभित्र कसैको साथ पनि मागेका छैनन्। उनले तलदेखि माथिसम्म सबैलाई चिँड्याएका कारण सहयोग माग्ने साहश गर्न गरेका छैनन् ।
त्यसैले उनी बाहिरको शक्ति प्रयोगमा लागेका छन्। स्रोतहरुका अनुसार, उनले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठमार्फत छानबिन समितिका संयोजक डा. श्रीराम पौडैलमाथि गल्ति नदेखाउन दबाब बनाएका छन् ।

यसबाहेक नारायणकाजीमार्फत पूर्वमाओवादीका उच्च नेताहरुलाई प्रयोग गरेर दबाब बनाउन खोजेका छन्। नेकपा मात्रै होइन यसपाली कांग्रेस नेताहरुलाई पनि प्रयोग गर्न थालेका छन्। उनले प्रकाशमान सिंहलाई पनि आफूमाथि षड्यन्त्र भएको भन्दै बचाउका लागि आग्रह गरेको स्रोतहरुले बताएका छन् ।

प्रधानमन्त्री पत्नि राधिका शाक्यसम्म पनि उनले आफ्नो कुरा पुर्याइसकेका छन्। स्रोतहरुले शाक्यसँग श्रेष्ठको भेट भने नभएको बताएका छन् ।

सरकारले तीन गम्भिर आरोप लगाएर राष्ट्र बैंकमार्फत छानबिन सुरु गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको चाहनामा सम्पति शुद्धिकरण विभागमार्फत पुगेको उजुरीका आधारमा मन्त्रीपरीषद्ले राष्ट्र बैंकलाई छानबिन आदेश दिएपछि समिति गठन भइसकेको छ। समितिमा पौडेलसहित सुबोधकुमार कर्ण र रामजी रेग्मी पनि छन् ।

उनले रामजी रेग्मीलाई सहयोग गर्न आग्रह नै गरिसकेका छन् । उनलाई अधिकांसले छानबिन समितिको प्रतिवेदनमा दोशी किटान नगर्ने आश्वासन दिएका छन् । समितिले दोशी किटान नगरेपछि सरकारले त्यत्तिकै बर्खास्त गर्न सक्दैन भन्ने बुझाइ श्रेष्ठको छ ।

छानबिन समितिले महिना दिनभित्र प्रतिवेदन बुझाउने छ। प्रतिवेदनमा दोशी किटान भए सरकारले श्रेष्ठलाई एक पटक प्रष्टीकरण दिने मौका उपलब्ध गराउने छ। प्रष्टीकरण चित्त बुझ्दो नआएको भन्दै उनलाई बर्खास्त गर्ने तयारी सरकारको छ ।

श्रेष्ट निकटहरुले भने सरकारले जसरी पनि बर्खास्त गर्नका लागि गम्भिर आरोपहरु लगाएकाले न्यायका लागि अदालत जाने योजना बनाएको बताएका छन् । ’गभर्नर हुने बेलामा आरोप लगाएर फसाउन खोजिएको छ’ उनी निकट एक जनाले भने, ’त्यसैले अदालत जानै पर्छ ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।