logo

जाडो बढेपछि विजुलीको माग ह्वात्तै बढ्यो, झ्याप्प झ्याप्प लाइनका काटिँदा के गर्दैछन् कुलमान ?

    1405   पटक पढिएको

२० पुस / अर्थ र व्यापार - देशभर चिसो बढेका कारण बिजुलीको माग ह्वात्तै बढ्दा काठमाडौं उपत्यका लगायत प्रमुख शहरी क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या देखिएको छ ।

निरन्तर विद्युत् माग बढ्दै गएको छ, प्राधिरकणको भार प्रेषण केन्द्रले जनाएको छ । उसले भनेको छ जाडोको समयमा हिटर तथा कोठा तातो बनाउने उपकरणको अत्याधिक प्रयोग बढेको छ । जसका कारण विद्युत् माग अप्रत्यासित रुपमा बढेको छ ।

देशव्यापी रुपमा विद्युत् माग बढेर १ हजार ३५२ मेगावाट पुगेको छ । विद्युत् माग बढ्नु सकारात्मक भएपनि प्राधिकरणको कमजोर प्रसारण प्रणालीले विद्युत् उपलब्ध गराउन समस्या पैदा भएको छ । जाडोको समयमा दैनिक नै दर्जन बढी पटक विद्युत् लाइन काटिएको सूचना आएको छ ।
मर्मतका लागि जनशक्ति परिचालित भएपनि एकै वितरण केन्द्रका धेरै स्थानमा समस्या आउने गरेको छ ।

समस्या समाधानका लागि प्राधिरकणको जनशक्ति नियमित परिचालन भएपनि विद्युत् माग बढ्दा त्यसलाई व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मे हम्मे परेको छ । राजधानीमा मात्रै सोचेभन्दा बढी विद्युत् माग भएको छ । जसका कारण माग एकै पटक १३० मेगावाटको हाराहारीमा बढेको छ ।

दिउँसोको माग समेत उस्तै बढेको छ । सामान्यता साँझ विहानको समयमा बढी माग हुने भएपनि जाडोको समयमा एकै प्रकारको माग बढ्ने भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।

माग बढेपछि अघिल्लो साता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राविधिक टोलीसहित राजधानीका नयाँ बानेश्वर, बलाजु, सिफल, सानो ठिमी, टेकुलगायतका सवस्टेशनको अनुमगन समेत गरेका थिए । राजधानीमा विद्युतीय उपकरण प्रयोग गर्नेको संख्यामा बढोत्तरी भएपनि प्राधिकरणले प्रसारण एवम् वितरण प्रणालीमा आशातित सुधार गर्न सकेको छैन । सुधारको क्रम जारी भएपनि पुग्दो भएको छैन । वितरण प्रणालीको सुधार, ट्रान्सफर्मरको क्षमता वृद्धि लगायतका काम जारी भएपनि त्यसले अपेक्षित नतिजा निकाल्न सकेको छैन ।

‘काम जारी छ, प्रयास भइरहेको छ, माग बढेको छ,’ प्राधिरकण स्रोतले भन्यो ‘ व्यवस्थापनका लागि गृहकार्य सहित काम भइरहेको छ, तर कहीँ कतै समस्या अझै देखिएको छ । त्यसलाई सुधार गर्न लागिपरेका छौ ।’

प्रमुख शहरहरु विशेष गरी पोखरा, विारटनगर, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज तथा धनगढीमा पनि विद्युत् माग ह्वात्तै बढेको छ । बढेको मागलाई व्यवस्थापन गर्न प्राधिकरणले जनशत्तिःलाई त्म्तयारी हालतमा राखेको छ ।

समस्या आउने बित्तिकै प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा ग्रीडहरुमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । यस्तै उसले चोरी नियन्त्रणको कामलाई समेत उत्तिकै प्रभावकारी बनाएको छ ।

माग बढ्नुलाई सकारात्मक रुपमा लिँदै वितरण र प्रसारण प्रणालीलाई चुस्त बनाउन गरिएको प्रयासको निकट भविस्यमा नै त्यसको सार्थक परिणाम निस्कने प्राधिकरणको विश्वास छ ।

‘हामीले विद्युत् खपत बढाउन आग्रह गरेकै हौ, तर वितरण प्रणाली एवम् प्रसाराण् प्रणालीको काम नसकिदै आएको माग व्यवस्थापन गर्दा कही कतै समस्या आएको हुन सक्छ, त्यसको व्यवस्थापनमा हामी लागेका छौ,’ स्रोतले भन्यो ।

विद्युत् माग अझै बढ्ने प्राधिकरणको प्रक्षेपण छ, चालु आवको अन्त्यसम्म प्रणालीमा थप १ हजार मेगावाट विद्युत् थप हुँदा त्यसलाई व्यवस्थापन गर्न अझै ठूलो जोखिम मोल्नुपर्ने देखिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।