२४ मंसिर/अर्थ र व्यापार– मोरङ प्रहरीले भन्सार छलेर ल्याएको करिब २ लाख मूल्य बराबरको १४७ सेट थर्मकोट बरामद गरेको छ ।
प्रहरीले भन्सार छलेर भित्र्याईएको जाडोमा लगाउने थर्मकोट लुकाई राखेको अवस्थामा बरामद गरेको हो ।
मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले विराटनगर महानगरपालिका वडा नं.१७ मटेरूवा बस्ने जसिम कुजराको घरमा राखिएको अन्दाजी २ लाख रुपैयाँ बराबरको १४७ सेट बरामद गरेको जानकारी दिए ।
भन्सार छलेर ल्याइएको उक्त थर्मकोटलाई मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने प्रहरीले जानकारी दिए।
तपाईको प्रतिक्रिया