१४ जेठ /अर्थ र व्यापार - गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागूहुने गरी ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको हो ।अफरमा ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने कम्पनीले जनाएको छ । अफर १४ जेठदेखि तीन दिनसम्म खरिद गर्न सकिनेसमेत टेलिकमको भनाइ छ ।
योजना अन्तरर्गत ५० रुपैयाँमा प्या खरिद गरेपश्चात् कनै पनि समयमा चार सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिनेछ । सो प्याक सातदिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । ग्राहकले ८१४१५३ डायल गरी प्राप्त निर्देशनअनुसार अफर लिन सक्नेछन् । साथै कम्पनीकोे एप्प ‘नेपाल टेलिकम’बाट र वेबसाइटमार्फत पनि अफरमा सहभागी हुन सकिने बताइएको छ ।
तपाईको प्रतिक्रिया