२० पुस /अर्थ र व्यापार - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष महेन्द्र मान गुरुङ सँयोजकत्वको समितिले डिल्ली अधिकारी, सङ्गीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।
सिफारिस भएका तीनै जना नेपाल टेलिकमसम्बद्ध व्यक्ति हुन भने उनीहरूसंग व्यवस्थापकिय पदमा रहेर काम गरेको अनुभव छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस तीन मध्ये एकलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्नेछ ।
तपाईको प्रतिक्रिया