logo

टेलिकमद्वारा विद्यालयलाई विद्युतीय सामग्री वितरण

    1407   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – नेपाल टेलिकमले विदुर नगरपालिका–१३, हर्कपुरको कन्यादेवी निम्न माध्यमिक विद्यालयलाई कम्प्युुटर लगायत विद्युतीय सामग्री प्रदान गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत केन्द्रीय कार्यालय मार्फत कन्यादेवी निमाविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकरुपमा दक्ष र आधुनिक युगअनुसार प्रतिस्पर्धी बनाउन कम्प्युटरसहित इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

विद्यालयलाई मंगलबार पाँच थान कम्युटर, इन्टरनेट चलाउने वाइम्याक्स डिभाइस, प्रिन्टर, स्क्यानिङ एक÷एक थान, वेभ क्यामरा पाँच र कम्प्युटर राख्ने फर्निचर प्रदान गरेको छ । विद्यालयमा उपलब्ध गराएको वाइम्याक्स इन्टरनेट सेवाबाट दुई वर्षसम्म निःशुल्क इन्टरनेट चल्ने व्यवस्था मिलाएको छ । विद्यार्थीलाई आधुनिक प्रविधि र अनलाइन माध्यमबाट पाठ्यक्रम अध्ययनमा सहयोग पुग्ने विश्वास छ ।

टेलिकमले विद्यालयलाई प्रदान गरेको विद्युतीय सामग्री रु पाँच लाखभन्दा बढीको रहेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएपनि निजी (संस्थागत) विद्यालयसरह शैक्षिक सेवा पु¥याउने लक्ष्यअनुसार अध्यापनमा परिवर्तन गर्दै अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएकाले इन्टरनेट सहितको कम्युटर उपलब्धले उत्साहित बनाएको छ ।

विद्यालयमा उपलब्ध इन्टरनेट सेवाले पाठ्यक्रमको अध्ययन, नयाँ विषयवस्तुको खोजी एवम् नयाँ सीप सिकाइमा विद्यार्थी र शिक्षक दुवैलाई सहयोग पुगेको छ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।