logo

टेलिकमद्वारा विद्यालयलाई विद्युतीय सामग्री वितरण

    1738   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – नेपाल टेलिकमले विदुर नगरपालिका–१३, हर्कपुरको कन्यादेवी निम्न माध्यमिक विद्यालयलाई कम्प्युुटर लगायत विद्युतीय सामग्री प्रदान गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत केन्द्रीय कार्यालय मार्फत कन्यादेवी निमाविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकरुपमा दक्ष र आधुनिक युगअनुसार प्रतिस्पर्धी बनाउन कम्प्युटरसहित इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

विद्यालयलाई मंगलबार पाँच थान कम्युटर, इन्टरनेट चलाउने वाइम्याक्स डिभाइस, प्रिन्टर, स्क्यानिङ एक÷एक थान, वेभ क्यामरा पाँच र कम्प्युटर राख्ने फर्निचर प्रदान गरेको छ । विद्यालयमा उपलब्ध गराएको वाइम्याक्स इन्टरनेट सेवाबाट दुई वर्षसम्म निःशुल्क इन्टरनेट चल्ने व्यवस्था मिलाएको छ । विद्यार्थीलाई आधुनिक प्रविधि र अनलाइन माध्यमबाट पाठ्यक्रम अध्ययनमा सहयोग पुग्ने विश्वास छ ।

टेलिकमले विद्यालयलाई प्रदान गरेको विद्युतीय सामग्री रु पाँच लाखभन्दा बढीको रहेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएपनि निजी (संस्थागत) विद्यालयसरह शैक्षिक सेवा पु¥याउने लक्ष्यअनुसार अध्यापनमा परिवर्तन गर्दै अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएकाले इन्टरनेट सहितको कम्युटर उपलब्धले उत्साहित बनाएको छ ।

विद्यालयमा उपलब्ध इन्टरनेट सेवाले पाठ्यक्रमको अध्ययन, नयाँ विषयवस्तुको खोजी एवम् नयाँ सीप सिकाइमा विद्यार्थी र शिक्षक दुवैलाई सहयोग पुगेको छ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।