logo

प्राविधिक शिक्षा अवको आवश्यकता : उपप्रधानमन्त्री श्रेष्ठ

    1660   पटक पढिएको

१ असार/ अर्थ र व्यापार- उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले महाभुकम्प वाट क्षति भएका ३१ जिल्लाका नौ हजार विद्यालय हरु मध्ये हाल सम्ममा जम्मा एक हजार विद्यालयको मात्र पुर्ननिर्माण भएको वताएका छन । शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था घाँसी नेपालको “घाँसी नेपाल विद्यालय पुर्ननिर्माण अभियानको अनुभव तथा स्मारिका विमोचन” कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भत्किएका विद्यायलहरुको पुर्ननिर्माण सरकारले जुन गतिमा गर्नुपर्ने थियो, त्यो गतिमा हुन नसकेको स्विकार गरे ।


सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि तथा शिक्षकहरु लाई अनुशाशित र जिम्मेवार बनाउन आँफु गम्भिर रहेको श्रेष्ठले वताए । एक अर्को प्रसंगमा श्रेष्ठले कोरा शिक्षाले नेपाल विकास नहुने भन्दै अवको आवश्यकता प्राविधिक शिक्षा रहेकोले प्राविधिक विद्यालयहरु खोल्नु आजको आवश्यकता रहेको वताए ।

कार्यक्रममा घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले शिक्षा नै विकासको मुल आधार हो भन्ने अवधारणामा घाँसी नेपालले शिक्षाको क्षेत्रमा काम गर्दै आईरहेको र भुकम्प पछि विद्यालयहरुको पुर्ननिर्माणमा केन्द्रित भएको वताए । घिमिरेका अनुसार भुकम्प पछि घाँसी नेपालले पाँच वटा विद्यालयहरुको पुर्ननिर्माण सम्पन्न गरिसकेको र अन्य निर्माणको चरणमा रहेको वताए ।
कार्यक्रममा पूर्व शिक्षा मन्त्री चित्रलेखा यादव, सांसदद्धय रामचन्द्र पोखरेल र उमेश श्रेष्ठ, चीनका लागी पूर्व नेपाली राजदुत मोहनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल लगायतले आफ्नो धारणा राखेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।