logo

पहिलो त्रैमासमा ७ करोड ८९ लाख घाटामा तारागाउँ रिजेन्सी 

    1568   पटक पढिएको


३० मंसिर/अर्थ र व्यापार– चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार तारागाउँ रिजेन्सी होटलले रू. ७ करोड ८९ लाख घाटा व्यहोरेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू.३५ करोड ३२ लाख नाफा कमाएको थियो । 
कोरोना महामारीको कारण पर्यटन व्यव्सायमा परेको विश्वव्यापी असरका कारण कम्पनीले चालू आवको पहिलो त्रैमासाम नोक्सानी व्यहोरेको हो । 

गत आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी रू. १ अर्ब ५९ करोड ६३ लाख रहेकोमा चालू आवको सोही अवधिमा रू.४९ लाख ९ हजारमा सीमित भएको छ । 

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख रहेको छ भने जगेडा कोषमा रू. ३८ करोड ४४ लाख सञ्चित गरेको छ । 

गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८.७८ थियो । तर चालू आवको पहिलो त्रैमासमा कम्पनीले नोक्सानी व्यहोरेसँगै प्रतिशेयर आम्दानी रू.४.१९ ऋणात्मक रहेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।