logo

कार्कीले गरिन भावी प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस 

    1514   पटक पढिएको

२३ जेठ/अर्थ र व्यापार- प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपरिषदको बैठक बस्न नसकेपछि भावी प्रधानन्यायाधीका लागि आफैंले नाम सिफारिस गरेर पठाएकी छन् । कार्कीले गत आइतबार प्रधानन्यायाधीश हुन योग्य सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएकी हुन । संवैधानिक परिषद्का अध्यक्षलाई सम्बोधन गरी पठाइएको यो सिफारिस पत्र परिषद सचिवालयमा दर्ता भइसकेको छ ।

कार्कीले न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेकी हुन । कार्कीले आफ्नो सिफारिसमा सबै उम्मेदवारको व्यक्तिगत विवरणसमेत खुलाएकी छन ।

न्याय परिषदको बैठक बसेर त्यहाँबाट नाम सिफारिस गर्ने व्यवस्था भएपनि कार्कीले गत साता बैठक बोलाउँदा न्याय परिषदको सदस्य कोही नआएपछि बैठक बस्न सकेको थिएन । परिषदको बैठक बोलाउन उनले सचिवलाई मौखिक र लिखित निर्देशन दिँदा पनि कोही उपस्थित भएका थिएनन् । त्यसपछि कार्कीले आफैं नाम सिफारिस गरेकी हुन् ।

नेपालको संविधानको बमोजिम प्रधानन्यायाधीश पद रिक्त हुनु भन्दा एक महिना अगावै भावी प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । तर यसपटक प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिना अघिसम्म कसैको पनि तीन वर्ष अवधि पूरा नभएकाले सिफारिस सम्भव नभएको हो । ६५ वर्षीय उमेरहदका कारण प्रधानन्यायाधीश कार्कीले मंगलबार अवकाश पाउँदैछिन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।