logo

सर्वोच्च अदालतमा मुद्दाहरुको इजलास परिवर्तन गर्न थालियो, हेर्दा हेर्दैमा राखेर राजश्व छल्नेको पक्षमा फैसला गर्ने चलखेल ट¥यो

    1272   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार  - प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले ओमप्रकाश मिश्रका पालामा हेर्दा हेर्दै र सुनुवाईको चरणमा राखेका भ्रष्टाचार, राजस्व छली तथा सरकारी जग्गासम्बन्धी मुद्दाहरुको इजलास परिवर्तन गर्न थालेका छन् । मिश्रका पालामा यस्ता मुद्दाहरु दीपकराज जोशी, शारदा घिमिरे, केदार चालिसे, डम्बर वहादुर शाही, पुरुषोत्तम भण्डारीका इजलासबाट टुंगो लगाइन्थे । घिमिरे हालै अवकाश भएका छन् ।

सर्वोच्च अदालतमा यसलाई स्थायी इजलासको अभ्यास र खुलेआम बेन्च सपिङको रुपमा आलोचना भएपछि राणाले यस्ता मुद्दाहरु ती न्यायाधीशको इजलासमा पार्न छाडेको स्रोतले जनाएको छ । सकेसम्म आर्थिक मामिलामा विवादमा नपरेका न्यायाधीशहरुको इजलासमा राजस्व छली, भ्रष्टाचार र सार्वजनिक जग्गासम्बन्धी मुद्दा पार्न थालिएको छ । यसको प्रभाव पनि अदालतमा देखिन थालेको छ । विहीबार दीपक कार्की र सपना प्रधानको इजलासमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीसहित ६ जनाको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दाको सुनुवाई थियो । तर, जोशी पक्षका वकिलले सो मुद्दा हटाउन निवेदन दिएपछि सरेको छ ।

सोही इजलासमा सुनुवाई हुन लागेका अधिकांश गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा विपक्षी कानुन व्यवसायीको निवेदनमा स्थगित भएका छन् । यसअघिका सहज न्यायाधीशको इजलासमा नपरेपछि विपक्षीको तर्फबाट कानुन व्यवसायीले पेशी सार्ने प्रवृत्ति नै छ । व्यापारी अजय सुमार्गीकै मुद्दा पनि उनका वकिलले सार्ने निवेदन दिएका थिए । तर, एकजना वकिल अनुपस्थित हुँदैमा सार्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी भयो  ।

यसैबीच, ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि एनसेल, भाटभटेनीलगायतका ठूला र राजश्व छलीसँग गाँसिएका मुद्दाहरु हेर्दा हेर्दै र निर्णय सुनुवाइका क्रममा राखिएकामा राणाले नियमित पेशीमा धकेलिदिएका छन् । केही निश्चित न्यायाधीशको इजलासमा राखेर भटाभट फैसला गर्दैै राज्यलाई अर्बौ भार पार्ने यस्ता मुद्दालाई राणाले हेर्दा हेर्दैबाट निकालेर नियमित बेन्चमा पारेका हुन् ।
आर्थिक मामिलामा कमजोर न्यायाधीशहरुको इजलासबाट यस्ता फैसला गराउने बिचौलियाको चलखेल तत्काललाई राणाले असफल पारेका छन् । हेर्दा हेर्दैमा राखेर राजश्व छल्नेको पक्षमा फैसला गर्ने चलखेल टरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।