logo

सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ आज

    1013   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । समितिले न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग बुधबार नै छलफल गरेको छ । उजुरीकर्तासँगको छलफलपछि समितिले बिहीबार प्रस्तावित न्यायाधीशलाई सुनुवाइका लागि बोलाएको हो । 

प्रस्तावित पाँच न्यायाधीशमाथि पाँचवटा नै उजुरी परेका छन् । पाँचमध्ये एक उजुरी सैदान्तिक छ । एक उजुरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामा प्रश्न उठाइएको छ । न्यायाधीशमा प्रस्तावितद्वय प्रकाश ढुङ्गाना र हरि फुयाँलविरुद्ध भने व्यक्ति किटान गरी उजुरी गरिएको छ । यस्तै, न्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्माको सिफारिसमा सैद्धान्तिक प्रश्न उठाउँदै योग्यता नपुगेको प्रश्न गरिएको छ ।

सिफारिसमा परेका सुष्मलता माथेमा र कुमार रेग्मीविरुद्ध पनि उजुरी परेका छैनन् । ढुङ्गानाविरुद्धका दुबै उजुरी न्याय सम्पादनका विषयमा केन्द्रित छन् । उच्च अदालतमा उनले गरेका आदेश त्रुटिपूर्ण रहेको तथा मिलेमतोमा पेसी व्यवस्थापन गरेको आरोप लगाइएको छ । यस्तै फुयाँलले सर्वोच्चको अन्तिम फैसला पुनरावलोकनका लागि नक्कली प्रमाण बनाएको आरोप उजुरीकर्ताको छ । अन्य उजुरी भने सैद्धान्तिक विषयमा केन्द्रित छन्। न्यायाधीश नियुक्तिको प्रक्रिया, विधि र मापदण्डमै ती उजुरीमा प्रश्न उठाइएका छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।