logo

सुपर आँखु खोला जलविद्युत आयोजनाको लगानी सम्झौता सम्पन्न 

    2005   पटक पढिएको


११ असोज/अर्थ र व्यापार– धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकामा निर्माणाधीन २५.४ मेगावाटको सुपर आँखु खोला जलविद्युत आयोजनामा लगानी सम्झौता भएको छ ।

प्रभु बैंक को सह-वित्तीयकरणमा सुपर आँखु खोला जलविद्युत आयोजनाको शुक्रबार लगानी सम्झौता भएको हो।

४ अर्ब ५६ करोड रुपैयाँ लगानीको निर्माण आयोजनामा प्रभु बैंकसहित संचय कोष र कृषि विकास बैंकले ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।

आयोजनामा प्रभुले १ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने सम्झौता भएको छ ।  

ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख ब्यापार अधिकृत रेनुप्रसाद पाण्डेय, संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मीनराज पोखरेल र गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरे ।

आयोजनाका लागि आवश्यक बाँकी २५ प्रतिशत पुँजी १ अर्ब १४ करोड रुपैयाँ संस्थापक र सर्वसाधरणमा सेयर जारी गरेर जुटाइनेछ ।

निर्माणाधीन आयोजनाबाट सुक्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना अनुसार प्रभु बैंकले ४० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।